बुढानीलकण्ठ नगरपालिकाका मेयरको घर तोडफोड गरेको आरोपमा २ जना युवती पक्राउ
बिहीबार, २० कात्तिक २०८२, १० : ४२
सारांश
- बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा इलाम र गुल्मीका २ महिला छन्, उनीहरूलाई गैरीगाउँबाट पक्राउ गरिएको हो।
- प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरुले भदौ २४ मा भएको प्रदर्शनको मौका छोपेर तोडफोड गरेका थिए।
काठमाडौँ । जेनजी प्रदर्शन हुँदा बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको घर तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको माई नगरपालिका–८ घर भएकी २० वर्षीया निशा राई र गुल्मीको हस्तिचौर गाउँपालिका–२ घर भएकी २२ वर्षीया आयुषा कुमाल छन् ।
आरोपीहरूलाई बुधवार बुढानीलकण्ठको गैरीगाउँबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । उनीहरुले भदौ २४ मा भएको प्रदर्शनको मौका छोपेर मेयरको घरमा तोडफोड गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीहरूमाथि प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण