सुरक्षा खतरा देखाउँदै रुसी नागरिकविरुद्ध इयूले भिसामा थप कडाइ गर्दै
सारांश
- युरोपेली संघले युक्रेन युद्धपछि रुसी नागरिकलाई दिइने भिसामा कडाइ गर्ने निर्णय गरेको छ।
- ड्रोन आक्रमण र तोडफोडका घटनाहरू बढेपछि, इयूले रुसी नागरिकहरूका लागि भिसा नियमहरू कडा पार्ने भएको हो।
- नयाँ नियमअनुसार, रुसी नागरिकहरूले इयू यात्रा गर्दा प्रत्येक पटक नयाँ भिसाका लागि आवेदन दिनुपर्नेछ।
ब्रसेल्स, बेल्जियम। युक्रेन युद्धको लगभग चार वर्ष पछि युरोपेली सङ्घले शुक्रबार यूरोपमा सुरक्षा खतरा बढेको भन्दै रुसी नागरिकलाई दिइँदै आएको मल्टिपल इन्ट्री भिसा अस्वीकार गर्ने बताएको छ।
“युरोपमा आक्रमण गर्नु र स्वतन्त्र रूपमा घुम्न अपेक्षा गर्नुलाई पुष्टि गर्न गाह्रो छ,” इयू विदेश मामिला प्रमुख काजा कल्लासले एक्समा लेखे।
उनले भने “युरोपेली भूमिमा निरन्तर ड्रोन अवरोध र तोडफोडका घटनापछि इयूले रुसी नागरिकहरूको लागि भिसा नियमहरू कडा गर्दैछ।”
धेरै देशहरूमा ड्रोन आक्रमण र आगजनीका सन्दिग्ध घटनापछि इयूमा रुसी ‘हाइब्रिड युद्ध’ को खतरा बढेको भन्दै भिसा प्रतिबन्धको उपाय अपनाइएको हो।
ब्रसेल्सले भनेको छ, “अबदेखि रुसी नागरिकहरूले इयू यात्रा गर्ने योजना बनाउँदा प्रत्येक पटक नयाँ भिसाको लागि आवेदन दिनुपर्नेछ । यसले कुनै पनि सम्भावित सुरक्षा जोखिम कम गर्न आवेदकहरूको नजिक र बारम्बार छानबिन गर्न अनुमति दिनेछ।”
नयाँ नियमहरू ‘स्वतन्त्र पत्रकार र मानव अधिकार रक्षकजस्ता जायज मामिलाहरूको लागि अपवाद’ हुने बताइएको छ।
गत महिना नयाँ प्रतिबन्धहरूमा २७ सदस्य राष्ट्रहरूको समूह (इयू) मा तैनाथ रुसी कूटनीतिज्ञहरूको यात्रामा समूहले पहिले नै कडा नियन्त्रण गरिसकेको छ।
रुसप्रति कडा अडान राख्ने केही देशहरूले युक्रेनमा युद्ध चलिरहेको बेला पर्यटनको लागि स्वतन्त्र रूपमा सहज यात्रा गर्न सम्भव छैन भन्दै लामो समयदेखि साधारण रुसीहरूमा कडा भिसा सीमाको लागि जोड दिइरहेका थिए ।
उनीहरूले सन् २०२२ मा रुससँगको आफ्नो भिसा सहजीकरण सम्झौता निलम्बन गरेको र सदस्य राष्ट्रहरूलाई रुसीहरूको लागि भिसामा ‘रोक’ लगाउन निर्देशन गरेको छ।
ब्रसेल्सका अनुसार इयूले रुसीहरूलाई दिएको भिसाको सङ्ख्या युद्धअघिको ४० लाख थियो भने यो सन् २०२३ पछि घटेर पाँच लाखमा सीमित भएको छ।
कूटनीतिज्ञहरूले स्वीकृतिको सङ्ख्या पछिल्ला दिनहरूमा फेरि बढ्न थालेको बताएका छन् ।
पर्यटक आकर्षण केन्द्र फ्रान्स, स्पेन र इटाली यसरी सबैभन्दा धेरै भिसा प्रदान गर्ने देशहरू हुन्।
कडा रोक लगाउनु पर्ने पक्षधर मुलुकहरूले साधारण रुसीहरूले युद्धबाट बढी प्रभाव महसुस गर्नुपर्छ भन्ने कुरामा जोड दिए पनि, क्रेमलिनका विपक्षीहरूले समूहलाई युरोपबाट उनीहरूलाई अलग नगर्न आग्रह गरेका छन्।
विपक्षी नेता युलिया नाभाल्नायाले सेप्टेम्बरमा भनेका थिए, “व्यापक प्रतिबन्धहरू लगाउने निर्णय ‘गम्भीर गल्ती’ हुनेछ किनकि यसले सबै रूसीहरूप्रति युरोप शत्रुतापूर्ण धारणा राख्छ भन्ने क्रेमलिनको दाबीलाई बढवा दिनेछ । ”
उनले युरोपेली सङ्घलाई राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकका अभिजात वर्गलाई लक्षित गर्दै रुसी नेतालाई दबाब दिन प्रयास गर्न तर सबै रुसी नागरिकलाई आवतजावतमा रोक नलगाउन आग्रह गरे ।
“युरोपमा शान्ति प्राप्त गर्ने उद्देश्यका लागि रुसी समाजलाई अलग गर्न रुसी अधिकारीहरूलाई सहयोग गर्नु प्रतिकूल हुनेछ,” नाभाल्नायाले कल्लासलाई लेखेको पत्रमा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण