‘हेलो सरकार ! ससाना भवनका शिलालेखमा नाम टाँस्न दौडिरहने हो?’
सारांश
- माओवादी केन्द्रले कर्णाली प्रदेश सरकार र मुख्यमन्त्रीको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको छ।
- मुख्य सचेतक जिसीले साना आयोजनाको शिलान्यासमा दौडिने प्रवृत्ति र ऐन कानुन निष्क्रिय पारेको आरोप लगाए।
- जिसीले सरकारको ध्यान विकासभन्दा प्रचारमा गएको र दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्।
सुर्खेत । कर्णाली प्रदेश सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले प्रदेश सरकार र मुख्यमन्त्री यामलाल कँडेलको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको छ।
माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको आलोचना गरेका हुन्। उनले मुख्यमन्त्री कँडेललाई लक्षित गर्दै ‘हेलो कर्णाली प्रदेश सरकार! ससाना भवनका शिलालेखमा समेत नाम टाँस्न दौडिरहने हो?’ भन्दै प्रश्न गरेका छन्।
मुख्यमन्त्री कँडेल केही दिनअघि बेलिब्रिज उद्घाटन गर्न डोल्पा पुगेका थिए, जसलाई लक्षित गरी जिसीले साना आयोजनाको शिलान्यासमा दौडिने प्रवृत्तिमाथि प्रश्न उठाएका हुन्। जिसीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै प्रदेशका ऐन कानुनलाई निष्क्रिय पारेर सङ्घ सरकारको विज्ञप्तिका आधारमा परिपत्र र निर्देशन दिने गरेको आरोप लगाएका छन्। साथै, परम्परागत मेला उद्घाटनमा गएर ठूलठूला भाषण गर्ने गरेको भन्दै उनले सरकारको ध्यान विकासभन्दा प्रचारमा गएको सङ्केत गरेका छन्।
विपद् पीडितको राहत तथा उद्धारमा जाँदा विगतमा अरूलाई ‘भ्रमण’ भन्ने तर आफूहरूले त्यस्तै गर्दा ‘तीर्थ’ हुने भन्ने दोहोरो मापदण्डमाथि पनि उनले प्रश्न उठाएका छन्। जिसीले सरकारले गर्ने भनेका सबै कामको हिसाब अरूले पनि राख्ने चेतावनी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण