मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

तल्लो हेवा खोला जलविद्युत आयोजनाको ऋण सम्झौता

सोमबार, २४ कात्तिक २०८२, ०३ : ४०
सोमबार, २४ कात्तिक २०८२

सारांश

  • तल्लो हेवाखोला जलविद्युत् आयोजनाको लागि दुई वाणिज्य बैंकहरूले ९८ करोड १७ लाख ऋण लगानी गर्ने भएका छन्।
  • सिद्धार्थ बैंकले ५० करोड र राष्ट्रिय वाणिज्य बैंकले ४८ करोड १७ लाख लगानी गर्नेछन्, आयोजनाको कुल लागत १ अर्ब ४० करोड २५ लाख रहेको छ।
  • ६.८४ मेगावाट क्षमताको यस आयोजनाबाट वार्षिक ४०.८२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने र पाँचथरमा निर्माण सुरु भएको छ।

काठमाडौँ । तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैङ्कले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् । 

सो आयोजनामा सिद्धार्थ बैङ्कले रु ५० करोड र राष्ट्रिय वाणिज्य बैङ्कले रु ४८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् । आयोजना कूल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवर्द्धकले लगानी गर्ने छन् । आयोजनाको कूल लागत रु एक अर्ब ४० करोड २५ लाख बराबर रहेको छ । 

कम्पनीका अध्यक्ष वसन्तकुमार तामाङका अनुसार आयोजनाबाट वार्षिक ४० दशमलव ८२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । 

आयोजनाबाट उत्पादित बिजुली ३३ केभी क्षमताको तीन दशमलव आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ । पाँचथर जिल्लामा आयोजना स्थल रहेको परियोजनाको हाल निर्माण सुरु भइसकेको र निर्धारित समयमा पूरा हुने प्रवर्द्धक कम्पनीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप