बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेस प्रदेशको ‘अ–राजनीति’ न्यायालयले सच्याउने अपेक्षा छ : विश्वप्रकाश शर्मा

सोमबार, २४ कात्तिक २०८२, ०९ : ५६
सोमबार, २४ कात्तिक २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिको विषय अराजनीतिक र दुखद भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल एक्समा महामन्त्री शर्माले मुख्यमन्त्री नियुक्ति प्रक्रियाले नागरिकमा सङ्घीयताप्रति थप वितृष्णा बढाउन सघाउने घटना निन्दनीय भएको समेत बताएका हुन् ।  

‘मधेस प्रदेशमा भएको ‘अ–राजनीति’ दुखद छ,’ शर्माले लेखेका छन्, ‘नागरिक पङ्क्तिमा सङ्घीयताप्रति थप वितृष्ण बढाउन सघाउने घटना निन्दनीय छ । १६८(२) को सरकार बन्ने सम्भावना छँदै, मञ्चन भएको प्रहसनलाई बहुमत दल र बहुमत प्रदेश सभाका सदस्यको मागमा न्यायालयले सच्याउने अपेक्षा छ ।’

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त जितेन्द्र सोनलले कात्तिक २३ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको सबैभन्दा ठुलो दलको नाताले एमालेका सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप