कटहरियामा दुई दिनभित्र दुई किशोरीद्वारा आत्महत्या
सारांश
- रौतहटको कटहरियामा दुई दिनभित्र दुई किशोरीले आत्महत्या गरेका छन्।
- बुधबार १८ वर्षीया रञ्जिता कुमारी यादव घरमा झुण्डिएको अवस्थामा मृत फेला परिन्।
- यसअघि मंगलबार १७ वर्षीया छोटी पासवानले पनि घरमा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन्।
रौतहट । रौतहटको कटहरिया नगरपालिका क्षेत्रमा दुई दिनभित्रै दुईजना किशोरीले आत्महत्या गरेका छन् ।
बुधबार दिउँसो सवा २ बजे कटहरिया नगरपालिका–८ बलुवा टोल निवासी रामेश्वर राय यादवकी १८ वर्षीया अविवाहित छोरी रञ्जिता कुमारी यादवले आफ्नै घरको छाना मुनिको धरैनमा प्लास्टिकको डोरी प्रयोग गरी झुण्डिएर आत्महत्या गरेकी थिइन्। घटनाबारे सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई धर्मेन्द्र पौडेलको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। घटनास्थल पुग्दा झुण्डिएको अवस्थामा रहेकी रञ्जिता मृत फेला परेको सई पौडेलले जानकारी दिएका छन्।
यसअघि मंगलबार साँझ कटहरिया नगरपालिका–५ का जयमङ्गल पासवानकी १७ वर्षीया छोरी छोटी पासवानले पनि घरभित्र सलको पासो लगाई आत्महत्या गरेकी थिइन्। सो समय घरमा अन्य कोही नभएको बताइएको छ।
दुवै घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले थप अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। लगातार दुई किशोरीले आत्महत्या गरेको घटनाले स्थानीयवासीहरूमा चिन्ता फैलिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण