लागुऔषधसहित सिराहाबाट ४ जना पक्राउ
सारांश
- सिराहा प्रहरीले लागुऔषध बिक्री वितरणमा संलग्न ४ जनालाई पक्राउ गरेको छ।
- प्रहरीले मोटरसाइकल जाँच गर्दा ब्राउन सुगर र विभिन्न लागुऔषध फेला पारेको थियो।
- पक्राउ पर्नेमा राम जीवन यादव, दीपककुमार यादव, ऋषि कुमार यादव र देवेन्द्र कुमार यादव रहेका छन्।
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिराहाले अवैध लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिएको छ । सिराहा नगरपालिका–१ मा लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो गोलबजार सिराहा, जिल्ला प्रहरी कार्यालय सिराहा र वडा प्रहरी कार्यालय सिराहाबाट खटिएको संयुक्त प्रहरी टोलीले चार जनालाई पक्राउ गरेको हो ।
बाटो छेउमा रोकी राखेको स ११ च ५४८५ नम्बरको मोटरसाइकलमा सवार मोटरसाइकल चालक सिराहा नगरपालिका–१७ पटेर्वा बस्ने वर्ष २५ को राम जीवन यादव र मोटरसाइकलको पछाडि सवार सोही स्थान बस्ने वर्ष २७ का दीपककुमार यादव समेतलाई चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ प्लास्टिक सहित तौल गर्दा २४ ग्राम ८२० मिली ग्राम फेला परेकोले उनीहरूलाई पक्राउ गरिएको हो ।
हिजै साँझ सिराहा नवराजपुर गाउँपालिका–५ स्थित कुसण्डीबाट जगतपुर जाने बाटोमा इलाका प्रहरी कार्यालय झाझपट्टी सिराहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको स १० प ५३२६ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला सिराहा नवराजपुर गाउँपालिका वडा नं १ बस्ने वर्ष २० का ऋषि कुमार यादवको साथबाट लागुऔषध डाईजोपाम एम्पुल थान ५ ,प्रोमेथाजाईन एम्पुल ५, ब्रुफेनफाईन एम्पुल ५ फेला परेको पछि पक्राउ गरेको थियो ।
सोही मोटरसाइकलको पछाडि सवार सिराहा भगवानपुर गाउँपालिका ५ बस्ने १८ वर्षीय देवेन्द्र कुमार यादवको साथबाट डाईजोपाम एम्पुल थान १ र सिरिन्ज थान १ फेला परेकोले बरामद गरी निज दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण