प्रगतिशील राष्ट्रिय अभियानकाे ३१ सदस्यीय संयाेजन समिति गठन
काठमाडौँ । प्रगतिशील राष्ट्रिय अभियानले केन्द्रीय संयोजन समिति बनाएको छ ।
पूर्वमाओवादीका केन्द्रीय सदस्य, विद्यार्थी नेतादेखि पूर्वजनमुक्ति सेना, वाईसीएल, पत्रकार लगायतलाई समेटेर ३१ सदस्यीय संयोजन समिति बनाइएको हो ।
बिहीबार पत्रकार सम्मेलनमा दिइएकाे जानकारी अनुसार संयाेजन समितिमा सुदन किराती, मदन भट्टराई, मदन लिम्बू, सम्झना राई, पुजन सिंह, अरविद्र यादव, लक्ष्मी गुरुङ र प्रकाशचन्द्र पाण्डे रहेका छन् ।
यसैगरी राजु ओलमगर, सन्तोष विष्ट, प्रेमबहादुर तामाङ, यज्ञबर्मा शर्मा, क्षितिज सापकोटा, बाबुराम नेपाली, किस्मतकुमार विक, सन्दिप पुन र यगेन्द्र ढकाल रहेका छन् ।
यस्तै नारायणी शर्मा, भीमबहादुर मल्ल, गोरखबहादुर केसी, जटिल कार्की, देवीराम देवकोटा, जन्मेदव जैसी, टेकेन्द्र भट्ट, दीपक साउद, पुष्प न्यौपाने, डा. अच्युत भट्ट, विमल सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेका छन् ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच कात्तिक १९ गते एकता हुने भएपछि त्यसकाे एकदिन अगाडिनै नेता जनार्दन शर्मा, राम कार्की लगायत नेताहरूले अभियान घाेषणा गरेका थिए ।
बुधबार मात्र माओवादीका पूर्व केन्द्रीय सदस्यहरू लक्ष्मण पन्त, ओम शर्मा लगायत १० जनाले विज्ञप्ति जारी गरी प्रगतिशील राष्ट्रिय अभियानमा जोडिएको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण