प्रहरीको बडी प्रोटेक्टरसहित १ जना किशोर पक्राउ
शुक्रबार, २८ कात्तिक २०८२, ११ : २०
सारांश
- भक्तपुरमा जेनजी प्रदर्शनको क्रममा आगजनी र लुटपाटमा संलग्न एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा काभ्रे घर भई भक्तपुरमा बस्दै आएका अङ्कित मोक्तान छन्।
- प्रहरीले मोक्तानको डेराबाट वाकीटकी ब्याट्री, बुट, ब्याग र बडी प्रोटेक्टर बरामद गरेको छ।
काठमाडौँ । जेनजी प्रदर्शनको क्रममा आगजनी र लुटमा संलग्न एक जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएर भक्तपुर नगरपालिका–७ स्थित जगाती बस्दै आएका अङ्कित मोक्तान छन् ।
१८ वर्षीय मोक्तानलाई जगातीबाट पक्राउ गरिएको भक्तपुरका एसपी सूर्यबहादुर खड्काले रातोपाटीलाई बताए । जेनजी आन्दोलनमा उनी प्रहरी वृत्त जगातीमा आगजनी र लुटमा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीको डेराबाट प्रहरीले बोक्ने वाकीकटीको व्याट्री, बुट, कमाण्डो ब्याग र बडी प्रोटेक्टर सहितका सामाग्री बराद गरिएको एसपी खड्काले जानकारी दिए । भदौ २४ मा उनले लुटेको प्रहरीको बुट पनि बरामद गरिएको छ । आरोपीमाथि प्रहरी वृत्त जगातीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चर्चित युट्युबर मिस्टरबिस्टले गरे विवाह
-
युक्रेनले रूसको अनलाइन रिटेल कम्पनीका थप दुई वटा गोदाममा गर्यो आक्रमण
-
सुकुमबासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण