विज्ञहरू भन्छन् : नेपालमा दलतन्त्र हाबी हुँदा पत्रकारिता अपहेलित भयो
काठमाडाैँ । विज्ञहरूले मुलुकको पत्रकारितामा दलतन्त्र हाबी भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासङ्घले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य, वरिष्ठ पत्रकार किशोर नेपाललगायतका वक्ताहरूले पत्रकारहरू आफैँले सामाजिक सञ्जाललाई मिडिया भनिदिँदा उनीहरूको बिगबिगी हुने अवस्था आएको धारणा समेत राखेका छन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष समेत रहेका प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारहरू आफैँले सामाजिक सञ्जाललाई सञ्चारमाध्यम हो भनिदिँदा पत्रकारिता क्षेत्र कमजोर भयो भन्ने टिप्पणी आउने गरेको बताए ।
उनले विद्यमान अवस्थामा पत्रकारिता क्षेत्रले पत्रकारिताको नाममा ल्याइएको विसङ्गतिको सामना गरिरहनु परेको बताए ।प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारिता क्षेत्रलाई कमजोर हुन नदिन पत्रकारहरू आफैँ जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए ।
वरिष्ठ पत्रकार नेपालले दलहरू हाबी हुँदा नेपाल पत्रकार महासङ्घको नेतृत्व समेत उनीहरुले नै निर्वाचित गर्ने अवस्था आएको उल्लेख गरे ।
दलले पत्रकार महासङ्घको नेतृत्व चयन गर्ने अवस्था आएकाले पत्रकारहरू अपहेलित हुने अवस्था पुगेको उनको निष्कर्ष थियो । वरिष्ठ पत्रकार नेपालले मिडिया हाउसहरूलाई व्यापारको भाडा बन्न नदिने कुरामा पनि नेपालको मिडिया सचेत हुनुपर्ने बताए ।
उनले भने, ‘हामी यति नेतामुखी भयौ । हाम्रो पत्रकार महासङ्घले पत्रकारहरूले आफ्नो नेता चुन्दैनन् अचेल । अचेल दलका नेताहरूले हाम्रो नेता चुन्छन् । डोमिनेट गर्दछन् । हामी उनीहरूबाट डोमिनेटेड भयौँ । स्वतन्त्र पेसा भन्ने, स्वतन्त्र पत्रकारिताको नारा दिने, अनि दलको निर्देशन नेपाली काँग्रेस, एमाले, फलानोतिलानो, माओवादी । सबको निर्देशन लिएर काम गर्ने भनेपछि कसरी हामी इन्डिपेन्डेण्ट बलियो हुन सक्छौँ ? संसारभर इन्टरनेटको प्रभाव जहाँ पनि छ । भारतमा पनि धेरै छ । इभन चाइनामा पनि हुन लागिसक्यो । उनीहरुले टिकटक नै निकालिदियो । त्यसकारण इन्टरनेटको प्रभाव हो । हामीले यो सँग जुध्न सकेनौ भन्ने साथीहरुलाई म के भन्छु भने अनुसन्धान बाटो खोज्नुभयो भने धेरै कुराहरू छन् । इन्टरनेटको प्रयोग गरेर अहिले तपाईँहरूले अनलाइन मिडिया चलाई राख्नुभएको छ । त्यसलाई व्यापारको भाँडो बन्न नदिनुस् न । त्यसलाई पत्रकारिताको निष्पक्षता जोगाई राख्नुस् न ।’
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले नेपालको पत्रकारिता क्षेत्रमा देखिएको सङ्कट समाधानका लागि राष्ट्रिय बहसलाई अघि बढाउन लागिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण