पोल्याण्डसँग बराबरीपछि नेदरल्याण्ड्स विश्वकप नजिक
सारांश
- नेदरल्याण्ड्स र पोल्याण्डको खेल बराबरीमा सकिएपछि नेदरल्याण्ड्सको विश्वकप यात्रा लगभग पक्का भएको छ।
- पोल्याण्डका लागि याकुब कामिन्स्कीले गोल गरे भने नेदरल्याण्ड्सका लागि मेम्फिस डिपेले गोल फर्काए।
- नेदरल्याण्ड्सलाई अब विश्वकपमा छनोट हुन लिथुआनियासँगको खेलमा एक अंक आवश्यक छ।
वार्स । पोल्याण्डसँग वार्समा बराबरी खेलेपछि नेदरल्याण्ड्सले सन् २०२६ को विश्वकपमा आफ्नो स्थान लगभग पक्का गरेको छ। समूह ‘जी’ को शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्स अब पोल्याण्डभन्दा तीन अंकले अगाडि छ। अन्तिम खेलअघि नेदरल्याण्ड्सको गोल अन्तर पोल्याण्डभन्दा १३ गोलले राम्रो छ।
प्ले अफमा स्थान सुरक्षित गरिसकेको पोल्याण्डले रोबर्ट लेवान्डोस्कीको पासमा याकुब कामिन्स्कीले गोल गर्दै अग्रता लिएको थियो । तर, दोस्रो हाफको सुरुमै रोनाल्ड कोम्यानको टोली बराबरीमा फर्कियो । डोनीएल मालेनको हेडर बचाउ भएपछि नेदरल्याण्ड्सका सर्वाधिक गोलकर्ता मेम्फिस डिपेले रिबाउन्डमा गोल गरे।
कोरिन्थियन्सका ३१ वर्षीय फरवार्ड डिपेको यो विश्वकप छनोटमा आठौँ गोल थियो। उनी नर्वेका एर्लिङ हालान्ड (१४ गोल) भन्दा मात्र पछि छन्।
नेदरल्याण्ड्सलाई अब विश्वकपका लागि सीधा छनोट हुन घरेलु मैदानमा लिथुआनियासँग एक अंक मात्र आवश्यक छ। यदि उनीहरू हारे पनि पोल्याण्डले माल्टामा जित हासिल गरी १३ गोल अन्तरले गोल फरक पार्नुपर्ने हुन्छ, जुन असम्भव प्रायः छ।
यसै समूहमा शुक्रबार भएको खेलमा माल्टासँग १–० ले पराजित भएपछि फिनल्याण्डको प्लेअफ पुग्ने आशा समाप्त भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण