कालीमाटी तरकारी बजारमा तोडफोड र आगजनी गरेको आरोपमा एक जना पक्राउ
शनिबार, २९ कात्तिक २०८२, १४ : १६
सारांश
- कालिमाटी तरकारी बजारमा सरकारी भवनमा तोडफोड तथा आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा काठमाडौं महानगरपालिकाका राजेन्द्र श्रेष्ठ रहेका छन्, उनलाई कार्तिक २७ गते नियन्त्रणमा लिइयो।
- श्रेष्ठलाई आपराधिक उपद्रव सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
काठमाडौँ । प्रहरीले काठमाडौँको कालीमाटी तरकारी बजारभित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका १३ टंकेश्वर बस्ने वर्ष ४३ का राजेन्द्र श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार श्रेष्ठलाई प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले कार्तिक २७ गते दिउँसो १२ बजे सोही स्थानबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार श्रेष्ठ भदौ २४ गते प्रदर्शनको क्रममा कालीमाटी तरकारी बजारभित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने अपराधमा संलग्न थिए।
पक्राउ परेका श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण