साउदी अरबको मदिनामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४५ पुग्यो
सारांश
- साउदी अरबको मदिनामा भएको बस दुर्घटनामा ४५ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा हैदराबादका तीर्थयात्रीहरू सवार थिए, जो उमराहका लागि साउदी गएका थिए।
- भारतीय प्रधानमन्त्री मोदीले दुःख व्यक्त गर्दै दूतावासलाई सहयोगका लागि निर्देशन दिएका छन्।
नयाँ दिल्ली । साउदी अरबको मदिनामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४५ जना पुगेको छ । हैदरावाद सहरका प्रहरी आयुक्त वीसी सज्जनारलाई उदृत गर्दै बीबीसी न्यूज तेलुगुले समाचारमा उल्लेख गरेको छ । तर, उक्त घटनामा कति जना भारतीय मृत्यु भयो भन्ने अझै स्पष्ट भइसकेको चाहिँ छैन ।
यसअघि तेलंगानाका मुख्यमन्त्री कार्यालयले बसमा हैदराबादका थुप्रै मानिस यात्रा गरिरहेको बताएका थिए । उनीहरु सबै उमराह (धार्मिक तीर्थयात्रा)का लागि साउदी गएको बताइएको छ ।
यस घटनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।
रियादमा रहेको भारतीय दूतावास र जेद्दास्थित वाणिज्य दूतावासले सम्भावित सबै सहयोग उपलब्ध गराइरहेको र भारतीय अधिकारीहरू साउदी अरबका अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि उनले बताए । भारतीय विदेशमन्त्री एस जयशंकर, तेलंगानाका मुख्यमन्त्री रेवन्त रेड्डी र हैदरावादका सांसद असदुद्दीन ओवैसीले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण