शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बङ्गलादेश

शेख हासीनालाई मृत्युदण्डको फैसलापछि मोहम्मद युनुसले दिए यस्तो प्रतिक्रिया

सोमबार, ०१ मङ्सिर २०८२, २३ : ३२
सोमबार, ०१ मङ्सिर २०८२

सारांश

  • बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीना विरुद्धको मृत्युदण्डको फैसलाको अन्तर्राष्ट्रिय चर्चा भयो।
  • सल्लाहकार मोहम्मद युनुसले फैसलालाई कानुनको सम्मान र पीडित परिवारका लागि न्यायको संकेत भने।
  • युनुसले सन् २०२४ को विद्रोहमा मारिएका नागरिकको स्मरण गर्दै लोकतान्त्रिक संस्थाहरूको पुनर्निर्माणमा जोड दिए।

काठमाडौँ । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हासीना विरुद्ध जारी भएको मृत्युदण्डको फैसलापछि बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया जनाएका छन्।

युनुसले लेखे, ‘आज अदालतले अत्यन्तै स्पष्ट रूपमा सुनाएको फैसलाको गुञ्जन केवल बंगलादेशमै होइन, समग्र अन्तर्राष्ट्रिय समुदायसम्म पुगेको छ। ’

उनका अनुसार ‘दोष प्रमाणित हुनु र सजाय कायम हुनु, यो एउटा आधारभूत सिद्धान्तको पुष्टि हो, कोही पनि कानुनभन्दा माथि हुँदैन।’ 

युनुसले २०२४ को जुलाई अगस्टमा भएको विद्रोहमा प्रभावित हजारौँ परिवारको पीडालाई स्मरण गर्दै भने, ‘यो फैसला सीमित भए पनि ती पीडित र उनीहरूका परिवारका लागि महत्त्वपूर्ण न्यायको पहिलो ढोका हो।’

उनका अनुसार लामो समयको दमन र अव्यवस्था पछि बङ्गलादेश अहिले भत्किएका लोकतान्त्रिक संस्थाहरूलाई पुनः निर्माण गर्ने मोडमा छ।

युनुसले भनेका थिए कि विद्रोहका क्रममा १४०० जनाभन्दा बढीले ज्यान गुमाएका थिए। ‘यी केवल अङ्क मात्र थिएनन्, ती विद्यार्थी, अभिभावक र अधिकारप्राप्त नागरिक थिए,’ उनले लेखे।

युनुसका अनुसार महिनौँसम्म चलेका सुनुवाइमा निहत्था प्रदर्शनकारीमाथि हेलिकोप्टरसम्म प्रयोग गरी प्राणघातक बल प्रयोग गरिएको विवरण उजागर भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप