बारामा कर्फ्यु लगाइएपछि महेश बस्नेतले भने— सरकारले चुनाव गराउँछु भन्नु हास्यास्पद
सारांश
- एमाले नेता महेश बस्नेतले बाराको सिमरामा लगाइएको कर्फ्युको विरोध गर्दै सरकारको आलोचना गरेका छन्।
- उनले युवा संघको कार्यक्रम रोक्नकै लागि अराजक समूह परिचालन गरिएको आरोप लगाएका छन्।
- बस्नेतले सरकारले लोकतान्त्रिक अभ्यासमा हस्तक्षेप गरेको र चुनावको मिति हाँस्यास्पद भएको बताए।
काठमाडौँ । बाराको सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी भएको घटनापछि नेकपा (एमाले) नेता महेश बस्नेतले सरकारप्रति कटाक्ष गरेका छन्। राष्ट्रिय युवा संघ नेपालको मधेश जागरण सभा रोक्नकै उद्देश्यले जेनजीको नाममा अराजक भिड उतारेको आरोप उनले लगाएका छन्।
सभा हुन नदिन जेनजीको नाममा विभिन्न दल–आवद्ध समूहलाई सडकमा उतारेर विमानस्थल अवरोध गराइएको र ५०–६० जनाको सामान्य भीड नियन्त्रण गर्न नसकेको बहानामा कर्फ्यु लगाउनु नैतिक रूपले गलत कार्य भएको उनले फेसबुकमार्फत बताए ।
उनले संविधानले सुनिश्चित गरेको सभा–सम्मेलन गर्ने अधिकार, स्वतन्त्र अभिव्यक्ति र राजनीतिक गतिविधिमा सहभागी हुने मौलिक हक हनन गर्दै सरकारले लोकतान्त्रिक अभ्यासमै हस्तक्षेप गरेको आरोप लगाए।
बस्नेतले कर्फ्युको निर्णयलाई सरकारको कमजोरी र उद्देश्यमाथि प्रश्न उठाउने कदम भएको उल्लेख गर्दै भने, 'हे कठपुतली सरकार, लोकतन्त्र, विधिको शासन र सुशासनको अझ कति खिल्ली उडाउने हो ? नियत स्पष्ट भइसकेको छ, जनता सबै बुझिसकेका छन्। हामी यस प्रकारका अवरोधले विचलित हुने छैनौँ।'
उनले आगामी फागुन २१ मा चुनाव गराउने सरकारको दाबी नै हास्यास्पद देखिएको टिप्पणी गर्दै वर्तमान शासनप्रति कडा असन्तुष्टि व्यक्त गरे। बस्नेतले लोकतन्त्र, कानुनी शासन र सुशासनको पक्षमा उनीहरूकाे संघर्ष निरन्तर जारी रहने बताए । बस्नेतसहितका नेता बाराको कार्यमक्रममा जान लागेको सूचनापछि जेनजीले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका थिए । प्रदर्शनपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ भने बस्नेत काठमाडौँमै रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण