अमेरिकाबाट डिपोर्ट भएका ३५ नेपालीसँग प्रहरीको सोधपुछ
सारांश
- अमेरिकाबाट डिपोर्ट गरिएका ३५ नेपाली नागरिकसँग प्रहरीले सोधपुछ गरेको छ।
- मानव बेचबिखनमा परेका र भिसाको गलत प्रयोग गरेका व्यक्तिहरू डिपोर्ट भएका हुन्।
- प्रहरीले गिरोहबारे अनुसन्धान गरिरहेको छ र पीडितलाई जाहेरी दिन आग्रह गरेको छ।
काठमाडौँ । अमेरिकाबाट डिपोर्ट भएर काठमाडौँ ओर्लिएका ३५ जना नेपाली नागरिकहरूसँग प्रहरीले सोधपुछ गरेको छ ।
बुधबार साँझ चाटर्ड विमान मार्फत काठमाडौँ आइपुगेकाहरूसँग प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसन्धान अधिकृतहरूले सोधपुछ गरेका हुन् ।
डिपोर्ट भएका मध्ये ३३ जना मानव तस्करको पञ्जामा परेर तल्लो बाटो हुँदै अमेरिका पुगेको थाहा भएको छ ।
एक जना विद्यार्थी भिसामा गएर काम गरेको भेटिएपछि डिपोर्ट भएका हुन् । अर्का एक जना भिजिट भिसामा गएर लुकेर बसेपछि डिपोर्ट भएको मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले रातोपाटीलाई बताए । उनले भने, ‘उनीहरूलाई पठाउने गिरोहबारे हामीले सोधपुछ गरेका छौँ ।’
प्रहरीले उनीहरूलाई गिरोह विरुद्ध जाहेरी दिन आग्रह गरेको छ । डिपोर्टमा हुनेमा सबैभन्दा धेरै दाङ, रुकुम पूर्व र पश्चिमका छन् ।
अमेरिकी इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्टको विमानले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो ।
अमेरिकी प्रशासनले यसअघि पनि नेपालीहरूलाई डिपोर्ट गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण