जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गरिने
शुक्रबार, ०५ मङ्सिर २०८२, १४ : २४
सारांश
- सुष्मा कोइराला मेमोरियल अस्पतालले १८ वर्षमुनिका बालबालिकाको जलन उपचार निःशुल्क गर्ने भएको छ।
- अस्पतालले शल्यक्रिया, बेड, ड्रेसिङ, र औषधि लगायतका सेवाहरू निःशुल्क प्रदान गर्नेछ।
- अस्पताल सन् १९९७ मा स्थापना भएको थियो र यसले अहिलेसम्म पाँच लाखभन्दा बढी बिरामीको उपचार गरेको छ।
काठमाडौँ । सुष्मा कोइराला मेमोरियल अस्पतालले जलनमा परेका १८ वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने भएको छ ।
अस्पतालका प्रशासन प्रमुख प्रफुल्ल शर्माले आगोले पोलेका तथा अन्य कुनै कारणले जलनमा परेका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिए । गतवर्ष १४२ बालबालिकालाई निःशुल्क उपचार गरेको पनि उनले बताए ।
अस्पतालका मेडिकल निर्देशक डा.सन्तोष भण्डारीले १८ वर्षमुनिका जलनका बिरामीलाई शल्यक्रिया, बेड, ड्रेसिङ, औषधिलगायत सेवा निःशुल्क उपलब्ध गराइने बताए ।
जलनका बिरामीलाई उपचार गराउने मुख्य लक्ष्यसहित सन् १९९७ मा स्थापना भएको उक्त अस्पतालले हालसम्म पाँच लाखभन्दा बढी जलनका बिरामीलाई उपचार प्रदान गरिसकेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण