लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका विभिन्न सात निर्णय
सारांश
- लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले सातवटा महत्त्वपूर्ण निर्णय गर्यो।
- बाधा अड्काउ फुकाउने, विधेयक पेस गर्ने लगायतका निर्णयहरू बैठकमा गरिए।
- डा. वर्षा थापालाई मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिने निर्णय गरियो।
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारको आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न सातवटा निर्णय गरेकाे छ। बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पेस गरेको बाधा अड्काउ फुकाउसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेलगायत सात निर्णय गरेको हो।
भौतिक पूर्वाधार तथा विकासमन्त्री भूमिश्वर ढकालका अनुसार सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६ को दफा ११९ को अधिकार प्रयोग गरी प्रदेश सरकारले बाधा अड्काउ फुकुवा गर्दै निर्देशनालयले गर्नुपर्ने अत्यावश्यक कार्य निर्देशनालय गठन नभएसम्म उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट सम्पादन गर्ने निर्णय गरिएकाे हाे । उक्त मन्त्रालयकै तर्फबाट लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रदेशसभामा पेस गर्न अनुमति दिने निर्णय भएकाे छ।
यस्तै, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पेस गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक प्रदेशसभामा पठाउन बैठकले स्वीकृति प्रदान गरेकाे छ ।
सामाजिक विकास मन्त्रालयबाट दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पनि बैठकले पारित गरेकाे छ।
यसैगरी भीम अस्पतालमा सरुवा भएका कन्सल्टेन्ट डेन्टल सर्जन डा वर्षा थापालाई मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिने र शिवराज नगरपालिकाको हाटबजार व्यवस्थापनका लागि जग्गा प्राप्तिमा सहजीकरण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरिएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण