मटकोर सम्पन्न, विवाहपञ्चमी महोत्सवमा पाँचौँ दिनको विधि पूरा
सारांश
- जनकपुरधाममा राम र जानकीको विवाहको लागि मटकोर विधि धुमधामसँग सम्पन्न भयो।
- जानकी मन्दिरबाट महिलाहरू गंगासागर पुगेर विवाहको लागि माटो संकलन गरे।
- सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत मटकोर विधि पाँचौँ दिन सम्पन्न भयो।
जनकपुरधाम । भगवान् राम र जानकीको वैवाहिक कार्यक्रमअन्तर्गत जनकपुरधाममा सोमबार मटकोर विधि धुमधामसँग सम्पन्न भएको छ ।
मटकोरका लागि जानकी मन्दिरबाट बाजागाजा सहित महिलाहरू जनकपुरको ऐतिहासिक गंगासागर पुगेका थिए । उनीहरूले विवाहका लागि आवश्यक हुने बेदी बनाउन माटो संकलन गरी नगर परिक्रमासमेत गरे । गंगासागरको डिलमा भजन–कीर्तनको विशेष कार्यक्रम पनि आयोजना गरिएको थियो ।
जानकीको प्रतीकका रूपमा सहभागी गराइएकी बालिकालाई लिएर जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव बाजागाजासहित गंगासागर पुगेका थिए । वैदिक मन्त्र उच्चारण गर्दै विधिपूर्वक मन्दिरमा भित्र्याइएको माटोले राम–जानकी विवाहका लागि वेदी तयार गर्ने परम्परा रहेको छ ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर सम्पन्न भएको हो । मंगलबार स्वयंवर तथा विवाहोत्सव र बुधबार रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण