शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचारः बुढीगण्डकी आयोजनामा कुलमानको ‘प्लान बी’ फेलदेखि कृष्णबहादुर महरा रिहासम्म

शुक्रबार, १२ मङ्सिर २०८२, ०० : ०२
शुक्रबार, १२ मङ्सिर २०८२

सारांश

  • पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटी बुझाएर केन्द्रीय कारागारबाट छुटेका छन्।
  • बुढीगण्डकी जलविद्युत् आयोजनाको ऋण मोडालिटीबारे ऊर्जा मन्त्री घिसिङको योजना असफल भएको छ।
  • राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति दिएका छन्।

काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १२ बजे १२ समाचार लिएर उपस्थित भएका छौँ–

१. महरा रिहा

पूर्वसभामुख कृष्णबहादुर महरा थुनामुक्त भएका छन् । उच्च अदालतको आदेशअनुसार २० लाख धरौटी बुझाएर उनी केन्द्रीय कारागार सुन्धाराबाट छुटेका हुन् ।

२. बुढीगण्डकी आयोजना: कुलमानको ‘प्लान बी’ फेल

कात्तिक १९ गते ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि ५०–५० प्रतिशत ऋण पुँजी मोडालिटीको तयारी थाल्न निर्देशन दिए । मन्त्रालयका उच्च अधिकारी तथा बुढीगण्डकी जलविद्युत् कम्पनीका पदाधिकारीलाई बोलाएर मन्त्री घिसिङले यस्तो निर्देशन दिएका थिए ।

३. सेना परिचालन

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ ।

राष्ट्रपति कार्यालयका एक अधिकारीले राष्ट्रपतिबाट सरकारको सिफारिसलाई स्वीकृत भएलगत्तै सेना परिचालनको निर्णय लागू हुने रातोपाटीलाई बताए ।

४. मधेसको मुख्यमन्त्री नियुक्ति विवाद

मधेस प्रदेशमा एमाले संसदीय दलका नेता सरोजकुमार यादवको मुख्यमन्त्रीमा नियुक्तिविरुद्धको रिटको अन्तिम सुनुवाइ भइरहेको छ । मुख्यमन्त्री नियुक्तिविरुद्ध दुईवटा सार्वजनिक सरोकारका रिट र मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यहरुले रिट दर्ता गरेका छन् ।

५. कांग्रेस बैठक प्रभावित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ । शुक्रबार बस्ने भनिएको बैठक आगामी आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बताए ।

६. पार्टी एकता

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जसपाको राजेन्द्र कुमार श्रेष्ठ समूहबिच बिहीबार एकता घोषणा भएको छ ।  राजधानीको राष्ट्रिय सभा गृहमा एक कार्यक्रमकाबिच एकता घोषणा गरिएको हो । सो अवसरमा १० बुँदे सहमतिपत्रमा हस्ताक्षर समेत गरियो ।

१० बुँदे सहमतिमा मुलुकलाई समाजवादको दिशामा अघि बढाउने र संविधान संशोधनमार्फत शासकीय स्वरूप परिवर्तन गर्ने विषय उल्लेख छ ।

७. आयोग अपडेट

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागीताका लागि २१ वटा नयाँ राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भएका छन् ।

८. प्रधानमन्त्रीद्वारा छलफल

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय सहभागी हुने नेकपा एमालेका नेताहरुलाई आग्रह गरेकी छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की र एमालेका नेताहरुबिच छलफल भएको थियो । प्रधानमन्त्री कार्कीले तोकिएको समयमा नै निर्वाचन गर्न सरकार गम्भीर भएर लागेको बताइन् ।

 ९. निर्णय अलपत्र

सुशीला कार्की नेतृत्वको सरकारले गत भदौ ३१ गते जेनजी आन्दोलनको म्याण्डेट अनुरुप अगाडि बढ्न भन्दै महत्त्वाकाङ्क्षी निर्णयहरू गरेको थियो ।

तत्कालीन मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा बसेको सबै सचिवहरूको बैठकले गरेका २१ निर्णयमध्ये २० प्रतिशत दरबन्दी कटौती गर्ने र अनावश्यक देखिएका सरकारी संरचनारनिकाय खारेज गर्ने, गाभ्ने तथा हस्तान्तरण गर्नेजस्ता महत्त्वाकाङ्क्षी निर्णय अलपत्र परेका छन् ।

१०. एनपीएल

११. ‘वारपार’मा गोकर्ण विष्ट

२०६८ सालमा ऊर्जामन्त्री भएपछि चर्चामा आएका हुन् एमाले युवा नेता गोकर्ण विष्ट । देशले चरम लोडसेडिङ खेपिरहेको बेला केही भएपनि घटाउने मन्त्रीको रुपमा उनलाई लिइन्छ । २०६४ सालको निर्वाचन बाहेक लगातार सांसद रहेका विष्ट अहिले एमालेको सचिव छन् ।

२०२२ सालमा गुल्मीमा जन्मिएका विष्टले २०३५ सालबाटै विद्यार्थी राजनीति सुरु गरेका हुन् । अनेरास्ववियुको जिल्ला, अञ्चल हुँदै केन्द्रीय नेतृत्वमा पुगेका विष्ट २०५० सालदेखि एमालेको तत्कालीन युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ हालको युवा संघ नेपालको केन्द्रीय कमिटीमा रहेर काम गरेका थिए ।

१२. सेयर बजार

साताको अन्तिम दिन सेयर बजार परिसूचक (नेप्से) दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से बिहीबार १०.४३ अङ्कले बढेर २६७६.०३ विन्दुमा पुगेको हो। बुधबारको तुलनामा ०.३९ प्रतिशतको वृद्धि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप