वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
सोमबार, १५ मङ्सिर २०८२, १३ : १७
सारांश
- वैदेशिक रोजगारीमा पठाउने भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
- ललितपुर महानगरपालिका–४ बाट प्रहरीले उनलाई पक्राउ गरेको हो, उनले १४ करोड १३ लाख रुपैयाँ ठगी गरेका थिए।
- पीडितहरुको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो, र थप अनुसन्धानको लागि विभागमा पठाइएको छ।
काठमाडौँ । वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–४ बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–४ घर भएका ५२ वर्षीय शम्भु दयाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
शम्भुले विभिन्न देश पठाइदिन्छु भन्दै पीडितहरूबाट १४ करोड १३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–४ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण