लुम्बिनी प्रदेशमा एमालेले रेवती गुरुङलाई बनायो सांसद
सारांश
- सरिता पुनको निधनपछि रिक्त रहेको स्थानमा रेवती गुरुङ लुम्बिनी प्रदेशको नयाँ सांसद नियुक्त भएकी छिन्।
- रुपन्देही निवासी गुरुङले प्रदेश सभाका सभामुख समक्ष पदको शपथ लिएकी हुन्।
- निर्वाचन आयोगको निर्णय अनुसार गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो।
बुटवल । लुम्बिनी प्रदेशमा नेकपा (एमाले) बाट समानुपातिक सांसद बनेकी सरिता पुनको निधन भएपछि रिक्त रहेको स्थानमा रेवती गुरुङ नयाँ सांसद् नियुक्त भएकी छन्।
रुपन्देही निवासी गुरुङले मंगलबार लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
निर्वाचन आयोगको मङ्सिर ११ को निर्णयअनुसार रिक्त स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो। रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो।
पुनको निधनपछि रिक्त भएको समानुपातिकतर्फको महिला आदिवासी जनजाति कोटामा बन्दसूचीको क्रमानुसार रुपन्देहीको देवदह नगरपालिका–५ निवासी गुरुङलाई मनोनयन गरिएको एमालेले जनाएको छ। लुम्बिनी प्रदेश सभा सचिव दुर्लभ पुनले रिक्त स्थानले आजबाट पूर्णता पाएको बताए। लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद रहेका छन्।
एमाले रुपन्देहीमा तीन कार्यकाल जिल्ला सदस्य बनेकी गुरुङ यसअघि प्रदेश कमिटीमा रहेकी थिइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण