‘कान्तारा’ विवादमा रणवीरले मागे माफी
मुम्बई । ‘कान्तारा’ विवादमा अभिनेता रणवीर सिंहले माफी मागेका छन् ।
भारतीय अन्तर्राष्ट्रिय फिल्म महोत्सव (इफ्फी २०२५)को समापन समारोहमा उनले फिल्मको ऋषभ शेट्टी अभिनित ‘कान्तारा २’को एक दृश्यको नक्कल गर्दा विवादमा तानिएका थिए । उक्त कारण उनीमाथि धार्मिक भावनामा चोट पुर्याएको आरोप लागेको थियो । सोही विषयमा उनले मंगलबार सोसल मिडियामार्फत सार्वजनिक रूपमा माफी मागेका हुन् ।
उनले आफ्नो आधिकारी इन्स्टाग्राम एकाउन्टमा एक पोस्ट गर्दै भनेका छन्, ‘मेरो उद्देश्य केवल ऋषभ शेट्टीको जबर्जस्त अभिनयलाई हाइलाइट गर्नु थियो । मलाई थाहा छ कि त्यो विशेष दृश्यलाई ऋषभले जसरी प्रस्तुत गरेका छन्, त्यसरी गर्न कति समय र मिहिनेत लाग्छ । यसका लागि म उनको धेरै प्रशंसा गर्छु । मैले सधैं आफ्नो देशको हरेक संस्कृति, परम्परा र विश्वासको उच्च सम्मान गरेको छु । यदि मैले कसैको भावनामा ठेस पुर्याएको छु भने, म हृदयदेखि नै माफी माग्छु ।’
घटना गत शुक्रबार आयोजित इफ्फी समापन समारोहको हो । कार्यक्रममा रणवीरले मञ्चबाट ऋषभको तारिफ गर्दै ‘कान्तारा ३’मा काम गर्ने इच्छा व्यक्त गरेका थिए । सोही क्रममा उनले ‘कान्तारा’को क्लाइमेक्सको एक दृश्यको नक्कल गरेका थिए, जसमा ऋषभको शरीरमा देउता (चामुन्डा देवी)को प्रवेश हुन्छ ।
रणवीरले गरेको उक्त अभिनयको भिडियो सोसल मिडियामा भाइरल भएपछि प्रयोगकर्ताहरूले उनलाई धार्मिक भावना आहत गरेको भन्दै आलोचना गर्न थालेका थिए ।
उक्त नक्कलले रणवीरले चामुन्डा देवीको मजाक उडाएको आरोप लगाइएको थियो । यस विषयमा सामाजिक सञ्जालमा ट्रोलिङको अलवा उनीविरुद्ध उजुरी पनि परेको थियो । हिन्दु जनजागृति समिति (एचजेएस)ले रणवीरले देवीको अपमान गरेको आरोप लगाइएको थियो ।
यस विषयमा चौतर्फी दबाबपछि अभिनेताले माफी मागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण