कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा हुँदै
बुधबार, १७ मङ्सिर २०८२, १२ : १२
सारांश
- उज्यालो नेपाल पार्टीको बुधबार काठमाडौंमा औपचारिक घोषणा हुँदैछ।
- पार्टी घोषणा सभामा ऊर्जामन्त्री कुलमान घिसिङ प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन्।
- पार्टीले घोषणापत्र २०८२ सार्वजनिक गर्नेछ, जसमा दीर्घकालीन योजना समावेश छन्।
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज बुधबार औपचारिक घोषणा हुँदैछ । उज्यालो नेपाल पार्टीले दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौँको प्रज्ञा भवन कमलादीमा पार्टी घोषणा सभा गर्न लागेको छ ।
घोषणा सभा कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ सहभागी हुने बताइएको छ । सोही कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येयसहितको घोषणापत्र २०८२ समेतसार्वजनिक गरिने बताइएको छ ।
पार्टीले यसअघि मङ्सिर १२ गते जारी गरेको विज्ञप्तिमा दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो सपना साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण