राजनीति
माओवादी कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माद्वारा राजीनामा
बुधबार, १७ मङ्सिर २०८२, १४ : ३०
सारांश
- माओवादी केन्द्र कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले राजीनामा दिएका छन्।
- उनले बुधबार दलका प्रमुख सचेतकलाई सम्बोधन गर्दै राजीनामा बुझाएका हुन्।
- पूर्वमुख्यमन्त्री शर्मा हालै प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएका छन्।
सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
शर्माले बुधबार दलका प्रमुख सचेतक कृष्णबादुर जिसीलाई सम्बोधन गरेर राजीनामा दिएको जानकारीसहितको पत्र पठाएका हुन् ।
पत्रमा उनले लेखेका छन्, ‘उपरोक्त सम्बन्धमा म राजकुमार शर्मा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा दलको दल नेताको पदबाट राजीनामा दिएको व्यहोरा अवगत गराउँदछु ।’
कर्णालीका पूर्वमुख्यमन्त्री समेत रहेका उनी हालै गठन भएको प्रगतिशील लोकतान्त्रिक पार्टीमा आवद्ध भएका छन् । उनले हालसम्म सांसद पदबाट भने राजीनामा दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण