ओ एआई, मलाई एक्लै छाडिदेऊ !
सारांश
- लेखकले एआईको दैनिक जीवनमा हस्तक्षेपको अनुभवबारे चर्चा गरेकी छिन्।
- व्हाट्सएपमा देखा परेको मेटा एआई च्याटबटलाई हटाउन नसकिने कुरा उल्लेख छ।
- लेखकको एआई हस्तक्षेप रोक्ने र पहिलेकै काम गर्ने चाहना व्यक्त गरिएको छ।
ठ्याक्कै कहिलेबाट सुरु भयो भन्ने त सम्झना छैन तर केही महिनायता कृत्रिम बौद्धिकता अर्थात् एआई अब सैद्धान्तिक चासोको विषय मात्रै रहेन । त्यो बिस्तारै हाम्रो दैनन्दिन जीवनमा हस्तक्षेप गर्ने सङ्क्रामक कीटाणु जस्तै बन्न पुगेको छ ।
कुनै पूर्वस्वीकृति वा अनुमति बेगर नै मेरो ‘व्हाट्सएप’ को ‘स्क्रिन’ मा निलो–बैजनी रङको गोलो आकृति देखा परेपछि त्यसको प्रस्ट सङ्क्रमण मैले अनुभव गरेकी हुँ । सुरुमा त मैले मोबाइल चलाउँदा गलत ठाउँमा ‘स्वाइप’ गरेका कारण देखिएको होला भन्ने ठानेकी थिएँ । केही समयमा आफै हराउला भन्ने सोचेर खासै वास्ता गरिन ।
तर एक दिन हतार–हतार एउटा सन्देश पठाउने क्रममा थाहै नभई त्यही निलो–बैजनी गोलोमा थिचिएछ । त्यसबेला पो त्यो गोलो आकृति ‘मेटा एआई’ रहेछ भन्ने थाहा पाएँ । त्यो त ‘च्याटबट’ पो रहेछ ! मलाई रेस्टुरेन्ट, रेसिपी वा त्यस्तै व्हाट्सएपमा मैले कहिल्यै खोज्नै नचाहने विषय पत्ता लगाइदिन तम्तयार रहेछ ऊ ।
धन्न त्यो च्याटबटले सुरुमै आफूलाई मार्क जुकरबर्गको व्हाट्सएप, फेसबुक र इन्स्टाग्रामको स्वामित्व राख्ने कम्पनी मेटाद्वारा प्रदान गरिएको वैकल्पिक सेवाको रूपमा चिनाइहाल्यो । ऐच्छिक भन्ने थाहा पाएपछि म अलि खुसी भएँ । त्यसलाई हटाइदिनुपर्ला भन्ने सोचेँ । आखिर जुकरबर्ग महोदयको दुई सय अर्ब डलर भन्दा बढीको सम्पत्ति बढाउनका लागि मैले गर्न सक्ने भनेको मेरा थप व्यक्तिगत विवरण दिनु नै त हो ।
जुकरबर्ग महोदयको दुई सय अर्ब डलरभन्दा बढीको सम्पत्ति बढाउनका लागि मैले गर्न सक्ने भनेको मेरा थप व्यक्तिगत विवरण दिनु नै त हो ।
मलाई त्यति दुःख गर्नु थिएन । त्यसैले त्यही मेटा एआईलाई नै ‘मेटा एआई कसरी हटाउने ?’ भनी सोधी हेरेँ । ‘तपाईंले मेटा एआई हटाउन सक्नुहुन्न । तर व्हाट्सएपमा यससँग कुरा गर्ने वा नगर्ने भन्ने चाहिँ तपाईंको ऐच्छिक विषय हो’ उसले जवाफ दियो ।
त्यस्तो अनौठो जवाफले म झस्किएँ । अरू बेला पनि इमेल पठाउन खोज्दा, केही लेख्न वा अनलाइनमा कुनै काम गर्न खोज्दा बिचमै घुसेर एआईले मेरो काम गरिदिन खोजेको मलाई याद आयो ।
आफ्नो काम सम्बन्धित कुनै एउटा इमेल लेख्न थाल्नासाथ गुगलको ‘जेमिनाइ एआई’ ले ‘म तपाईंलाई लेख्न सघाऊँ ?’ भन्दै झुल्किन्थ्यो । त्यस्ता सुझाव पढ्दा म आफ्ना मस्तिष्कका कोशिका (न्यूरोन्स) हरू खुम्चिँदै गएको महसुस गर्छु ।
अनलाइनमा कुनै कागजात वा दस्ताबेज खोल्नासाथ उही जेमिनाइ फेरि ‘यो फाइलको संक्षेपीकरण गर्नुहोस्’ वा ‘अपडेट गर्नुहोस्’ भन्दै उफ्रिन्छ । तर पछिल्लो समयदेखि प्रायजसो खासै अपडेट हुने गरेको पनि हुँदैन ।
यसैबिच मैले अन्तर्वार्ता पढ्नका लागि नियमित रूपमा प्रयोग गर्दै आएको ‘अनलाइन ट्रान्सक्रिप्सन’ सेवामा ‘लगइन’ गर्दा त्यसमा पनि एआईका विभिन्न गतिविधि बढ्दै गएको चाल पाएँ ।
इमेल लेख्न थाल्नासाथ गुगलको ‘जेमिनाइ एआई’ ले ‘म तपाईंलाई लेख्न सघाऊँ ?’ भन्दै झुल्किन्छ । त्यस्ता सुझाव पढ्दा म आफ्ना मस्तिष्कका कोशिकाहरू खुम्चिँदै गएको महसुस गर्छु ।
हरेकपटक ट्रान्सक्रिप्ट पढ्न खोज्दा त्यहाँ रहेको कुराकानीलाई लिएर केही सोध्न एआईले आग्रह गरिरहन्छ । यस्तो शैलीसँग म अब अभ्यस्त भइसके । एआईले सघाउने भनिएका कामहरू म आफैले गर्न सहजै सक्ने खालका हुन्छन् ।
यो हप्ता त मैले ट्रान्सक्रिप्ट हेर्न नभ्याउँदै मेरो स्क्रिनमा ठुलो ‘पप–अप’ आइलाग्यो । त्यसमा मलाई एआईका दुईवटा च्याट मोडहरूले काम गरिरहेको बताउँदै थियो । एउटा चुस्त भनिएको थियो, जुन शुद्धता र तीव्रताको हकमा सन्तुलित थियो भने अर्को उन्नत भनिएको थियो ।
त्यो चाहिँ गहन विश्लेषणका लागि थप परिष्कृत रहेको भनिएको थियो । मलाई यी दुबैमा कुनै चासो थिएन । मलाई त सकेसम्म छिटो सही ट्रान्सक्रिप्ट पढ्नु मात्रै थियो ।
मलाई लाग्छ एआईले साँच्चै गतिलो काम गर्ने हो भने यी कुनै पनि कुरा त्यति नराम्रो पक्कै हुने थिएनन् । पढ्न बाँकी नै रहेका मेरा हजारौँ ‘इमेल’ को व्यवस्थित सूची बनाउने काम थिएँ । झनै राम्रो हुँदा जरुरी इमेलहरूको तुरुन्त उत्तर दिने काम राम्रोसँग गर्थेँ होला ।
अचेल दर्जनौँ एआईले ‘इनबक्स’ को लथालिङ्ग अवस्था हटाउन सक्ने दाबीले लोभाउँछन् । तर तिनीहरूबारे मैले पढेका प्रत्येक समीक्षाले भने तिनीहरूको उपयोगितामा आशङ्का गर्नु पर्नेछ ।
अहिलेलाई मेरो एउटै चाहना छ– एआईले हस्तक्षेप गर्नु अघि मैले जसरी काम गरिरहेको थिएँ, त्यसमा कुनै अवरोध नगरिदिए म साह्रै खुसी हुने थिएँ ।
पक्कै पनि समयसँगै यिनीहरू सुधारिँदै जालान् । अहिले नै केही एआई सुविधाहरू त्यति नराम्रा पनि छैनन् । उदाहरणका लागि ‘फाइनान्सियल टाइम्स’ लगायतका केही समाचार समूहहरूले सुरु गरेका कथा संक्षेपीकरण लगायतका सुविधाहरू गतिलै छन् ।
कामको झमेला हुँदा म उपयोगी एप्लिकेसनबारे बेला–बेलामा कल्पना गर्छु । क्षमता विकास हुँदै गएर पछिल्ला पाँच वटा कार्यकारी बैठकका ‘ट्रान्सकृप्ट’ मा छिरेर साहुले आम्दानीको लक्ष कति राखेको थियो भन्ने खोजेर भन्न सक्ने भए काम कति सजिलो हुन्थ्यो होला भन्ने लाग्छ ।
मलाई जस्तै अरू सबैलाई नलाग्न पनि सक्छ । मेटा अन्तर्गतका सबै एपमा प्रत्येक महिना एक अर्बभन्दा बढी प्रयोगकर्ताहरूले मेटा एआईको प्रयोग गर्छन् । मैले एक पटक मेटा एआईलाई नै ‘हटाउनै नसक्ने एआई च्याटबटलाई ऐच्छिक हो भन्नु भ्रामक भएन र ?’ भनी सोधेँ ।
अपेक्षित रूपमा एआईले ‘होइन’ भन्यो । उसका अनुसार मेटा एआई पनि व्हाट्सएपमा भएका अन्य सुविधा जस्तै हो । क्यामेरा इफेक्ट जस्तै हो । जसलाई प्रयोगकर्ताले प्रयोग गर्न वा नगर्न स्वतन्त्र छन् तर हटाउन भने सक्दैनन् ।
एआई कम्पनीको एउटा प्रवक्ताका अनुसार व्हाट्सएपमा एआईसँग भएका कुराकानी तथा अन्तर्क्रियाहरू मेटाको एआई मोडेलको प्रशिक्षणमा प्रयोग हुँदैनन् । तर पनि यही डिसेम्बरको मध्यदेखि त्यस्ता अन्तरक्रियाहरू फेसबुक लगायतका माध्यमहरूमा अनुभूतिको वैयक्तिकरण गर्नका लागि भने प्रयोग हुन सक्नेछन् ।
त्यसका लागि प्रयोगकर्ताले आफ्नो व्हाट्सएप खातालाई फेसबुकसहितको मेटा खाता केन्द्रमा जोड्नुपर्ने हुन्छ ।
तीव्र गतिमा परिवर्तन भइरहेको प्रविधि संसारमा मानिसहरू बिस्तारै अभ्यस्त हुँदै गएपछि अहिले दिक्क लाग्ने यस्ता हस्तक्षेपहरू पनि बिस्तारै हराउँदै जान्छन् होला ।
तर अहिलेलाई भने मेरो एउटै चाहना छ । एआईले हस्तक्षेप गर्नु अघि मैले जसरी काम गरिरहेको थिएँ, त्यसमा कुनै अवरोध नगरिदिए म साह्रै खुसी हुने थिएँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण