फेरि पनि ओलीलाई अध्यक्ष बनाउने निष्कर्ष निकालेका छौँ : विष्णु रिमाल
सारांश
- एमाले उपमहासचिव विष्णु रिमालले केपी शर्मा ओली फेरि अध्यक्ष बन्ने दाबी गरे।
- उनले पार्टीको महाधिवेशनले ओलीलाई नै अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताए।
- रिमालले महाधिवेशन प्रतिनिधि चयनमा देखिएको गुनासो सम्बोधन गरिने बताए।
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पार्टीको एघारौँ महाधिवेशनले पनि केपी शर्मा ओलीलाई अध्यक्ष बनाउने दाबी गरेका छन् । प्रेस चौतारी नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एमालेले फेरि पनि ओलीलाई अध्यक्ष बनाउने निष्कर्ष निकालिसकेको बताएका हुन् ।
उपमहासचिव रिमालले ओली फेरि पनि एमालेको अध्यक्ष हुने कुरा निश्चित भएको उल्लेख गर्दैसो समाचार लेखेरै राख्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । उपमहासचिव रिमालले पार्टीको महाधिवेशन प्रतिनिधि चयनमा देखिएको गुनासो पार्टीले तत्काल सम्बोधन गर्ने समेत बताए ।
उनले भने, ‘टिममा एक नम्बर व्यक्तिको बारेमा हामीले फाईनल गरिसकेका छौँ । अध्यक्ष केपी ओली हुनुहुन्छ । यो चाहीँ ठहर नै हो । साथीहरुले लेखेरै राख्नु भएपनि हुन्छ । छाप्नु भएपनि हुन्छ, बजाए पनि हुन्छ । २९ गते महाधिवेशन सम्पन्न भइसकेपछि नेकपा (एमाले) को अध्यक्ष को हुन्छ ? भन्दाखेरी केपी शर्मा ओली । यसमा हाजिरी जवाफमा फेलै खाईन्न । पूरै नम्बर आउँछ । त्यो भन्दा मुनिमा टिम कसरी भन्दा त्यो डिस्कसको विषय हुन्छ ।’
उपमहासचिव रिमालले नीतिको प्रश्नमा एमालेमा विवाद नभएकाले नेतृत्व चयन पनि सहमती नै हुने अवस्था रहेको तर्क समेत गरे । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण