देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि जसपा नेपालको शान्तिपूर्ण विरोध
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) नेपालले आफ्ना २८ बुँदे मागहरूलाई सम्बोधन गर्नका लागि सरकारलाई दबाब दिन ७७ वटै जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा विरोध प्रदर्शन गरेको छ ।
पार्टीको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार जसपा नेपालले लगातार तीन दिनदेखि देशव्यापी रूपमा प्रशासन कार्यालयहरू अगाडि प्लेकार्ड र ब्यानरसहित विरोध प्रदर्शन गर्दै आएको छ ।
जसपा नेपालले यसअघि नै २८ बुँदे मागहरू सार्वजनिक गर्दै त्यसको शीघ्र कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।
यही मंसिर १० गतेदेखि नै जसपा नेपालले माग सम्बोधनको लागि देशव्यापी रूपमा शान्तिपूर्ण आन्दोलनस्वरूप धर्ना, विरोध प्रदर्शन र कोणसभा गर्दै आएको छ ।
जसपा नेपालले उठाएका प्रमुख राजनीतिक मागहरूमध्ये संविधान संशोधन/पुनर्लेखन गरी राष्ट्रिय समस्याहरूको समाधान गर्दै मुलुकलाई निकास दिनु पर्ने रहेको छ ।
पार्टीले राष्ट्रिय/जातीय पहिचान झल्कने गरी राज्य पुनर्संरचना, जनसङ्ख्याका आधारमा प्रतिनिधित्व हुने व्यवस्था गर्न संसदीय/प्रादेशिक निर्वाचन क्षेत्र पुनर्निर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्था, र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरिनु पर्ने माग गरेको छ ।
यसैगरी, पार्टीले जेनजीले आन्दोलनका दौरान उठाएका न्यायोचित माग र मुद्दाहरूलाई सरकारले सम्बोधन गर्नुपर्ने र जेनजी विद्रोहलाई दबाउन सरकारले गरेको दमनका कारण भएका हिंसा, हत्या, आगजनी, विध्वंस जस्ता क्रियाकलापहरूको छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ ।
जनसरोकारका विषयमा जसपा नेपालले शिक्षा र स्वास्थ्य सेवामा भइरहेको माफियाकरण र व्यापारीकरणको अन्त्य गर्नुपर्ने माग उठाएको छ ।
साथै किसानलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराई सिँचाई, मल खाद, बिउ– बिजन, कीटनाशक औषधी र कृषि बजार को व्यवस्था गरिनु पर्ने माग पनि पार्टीले जोडदार रूपमा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण