काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध चौथो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट रङ्गशालामा बुधबार काठमान्डुले दिएको ११२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले सन्दीप जोरालाई चौथो विकेटको रूपमा गुमाएको हो ।
जोरालाई काठमान्डुका सन्तोष यादवले २३ रनमा बोल्ड आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध तेस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट रङ्गशालामा बुधबार काठमान्डुले दिएको ११२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ड्रसी शर्टलाई तेस्रो विकेटको रुपमा गुमाएको हो ।
शर्टलाई काठमान्डुका रशिद खानले ३३ रनमा आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिलो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा बुधबार काठमान्डुले दिएको ११२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले दिनेश अधिकारीलाई पहिलो विकेटको रुपमा गुमाएको हो ।
दिनेशलाई काठमान्डुका सन्नी पटेलले ४ रनमा क्याच आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको काठमान्डुले १९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १११ रन बनाएको हो ।
काठमान्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान गरे । त्यस्तै आदिल आलम र जोन सिम्पसनले समान १८–१८ रन जोडे । लुम्बिनीका लागि शेर मल्ल र कप्तान रोहितकुमार पौडेलले तीन तीन विकेट लिए । त्यस्तै रुवेन ट्रम्पलमनले दुई विकेट लिँदा अभिषेश गौतमले एक विकेट लिए ।
आजको खेलमा जित निकाल्दै दुबै टोली पहिलो पटक क्वालिफायरमा स्थान बनाउने योजनामा छन् । यो खेल जित्ने टोलीले दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सले काठमान्डु गोर्खाजविरुद्ध सातौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु राशिद खानको रुपमा सातौं विकेट गुमाएको हो । उनलाई लुम्बिनीका कप्तान रोहित कुमार पौडेलले २ रनमा क्याच आउट गराएका हुन् ।
काठमाडौँ । दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा काठमान्डु गाेर्खाजले लुम्बिनी लायन्स विरुद्ध बुधबार टस जितेर पहिले ब्याटिङ रोजेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा काठमान्डुले ब्याटिङ गर्ने भएकाे हाे ।
यो ‘नकआउट’ खेल भएकाले पराजित हुने टोलीको यात्रा यहीँ समाप्त हुनेछ भने विजेताले उपाधिको सम्भावना कायमै राख्नेछ ।
यद्यपि आज जित्ने टोली सिधै फाइनल भने पुग्ने छैन । फाइनल प्रवेशका लागि विजेता टोलीले दोस्रो क्वालिफायरको अर्को खुड्किलो पार गर्नुपर्नेछ ।