१२ बजे १२ समाचार: नेतृत्वविहीन बने क्यानका तीन संवेदनशील विभाग, लुम्बिनी एनपीएलको फाइनलमा
सारांश
- नागरिक उड्डयन प्राधिकरणका उच्च कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि तीन महत्त्वपूर्ण विभाग खाली भएका छन्।
- लुम्बिनी लायन्सले एनपीएल टी-२० क्रिकेटको फाइनलमा स्थान बनायो, जहाँ उसले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ।
- भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थलका अधिकारी र ट्राभल कम्पनीका सञ्चालकहरू घुस लेनदेनमा संलग्न रहेको आरोप लागेको छ।
काठमाडौँ । आज मिति २०८२ साल मंसिर महिनाको २५ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–
१. अस्तव्यस्त प्राधिकरण
यतिबेला नेपाल नागरिक उड्डयन प्राधिकरण अस्तव्यस्त बनेको छ । उच्च कर्मचारीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेसँगै प्राधिकरणको निर्देशनालय स्तरका महत्त्वपूर्ण तीन विभागहरू खाली भएको हो ।
२. एनपीएल
लुम्बिनी लायन्स दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा लुम्बिनीले विराटनगर किङ्सलाई ४० रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
लुम्बिनीले अब फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ ।
३. सम्पादकसँग ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू हावा भरेको ‘भकुण्डो’ जस्तै भएको बताएका छन्।
एमालेको ११औँ महाधिवेशनको सङ्घारमा बिहीबार काठमाडौँका सम्पादकहरूसँगको साक्षात्कारमा अध्यक्ष ओलीले विपक्षीहरूले आफूमाथि गरेको आक्रमणप्रति सङ्केत गर्दै आफूलाई हावा भरेको भकुण्डोसँग तुलना गरेका हुन्।
४. भिजिट भिसा प्रकरण
भिजिट भिसामार्फत विभिन्न देशमा विदेश पठाउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागबाट हुने ‘सेटिङ’मा दुई ट्राभल कम्पनीका सञ्चालकमार्फत घुस लेनदेन हुने गरेको भेटिएको छ ।
यस प्रकरणमा तत्कालीन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई ७९ लाख ८० हजार बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसहित ७ जनालाई प्रतिवादी बनाएको छ ।
५. सम्झौता अनुमोदन
सरकारले जेनजी समूहसँग बुधबार भएको सम्झौतालाई अनुमोदन गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री सुशीला कार्की र जेनजी समूहका प्रतिनिधिबिच भएको सहमतिलाई अनुमोदन गर्दै राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
६. कांग्रेस प्रतिनिधि छनोट
नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाको गृह क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार सिफारिस प्रक्रियासँगै पार्टीभित्रको विवाद सतहमै पोखिएको छ ।
आगामी निर्वाचनका लागि क्षेत्रीय समितिले नेता सिटौलाका छोरा श्यामलाई जेनजीको प्रतिनिधि भन्दै सिफारिस गरेपछि असन्तुष्ट पक्षले विद्रोहको चेतावनी दिएका छन् ।
७. एकता भाँडियो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बिचको एकता भाँडिएको छ । जेनजी आन्दोलनको भावनालाई समेटेर आगामी निर्वाचन अगाडि नै दुई पार्टीबिच एकता गर्ने गरी सघन छलफलमा थिए । एकता वार्ता असफल भएपछि दुवै पार्टीका नेताहरूले एक अर्कालाई आरोप लगाएका छन् । रास्वपाबाट संवाद समितिका सहसंयोजक रहेका शिशिर खनालले उनेपाले पार्टी नै कब्जा गर्नेगरी सर्त राखेपछि एकता सम्भव नभएको जिकिर गरेका छन् ।
८. जेनजीमा दलीय प्रभावको झल्को
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिए । बिहीबार सम्पादकहरूसँगको संवादमा ओलीले प्रणाली र व्यवस्थाबारे सम्झौता गर्ने अधिकार वर्तमान सरकारलाई नभएको जिकिर गरे । भदौ २३ र २४ गते जेनजी विद्रोहले सत्ताच्युत भएका ओलीले युवाहरूको आन्दोलनलाई स्विकारेका छैनन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको सरकारलाई पनि उनले ‘हाहुमा बनेको सरकार’ भएकाले चुनाव पनि गराउन नसक्ने टिप्पणी गरेका छन् ।
९. बेरुजु फछ्र्यौटको नाममा पत्र
। मालपोत कार्यालयहरूले बेरुजु फछ्र्यौटको नाममा पत्र काट्न थालेपछि रियल स्टेट क्षेत्र तरंगित बनेको छ । जग्गा रजिस्ट्रेसन पास गर्दा तोकिएको भन्दा कम राजस्व तिरेको भन्दै सम्बन्धित जग्गाधनी र व्यवसायी दुवैलाई मालपोत कार्यालयहरूले पत्र काट्न थालेको हो ।
१०. अपराध
तराई–मधेसमा पछिल्लो समय बुहारी हत्या र आत्महत्याको शृंखला बढ्दो छ । कतिपय घटनामा त प्रहरीले उजुरी लिन्छ तर छानबिन समेत अगाडि बढ्दैन । कसैगरी छानबिन अघि बढ्यो भने पनि निष्कर्षमा नपुगी त्यत्तिकै सेलाउने गरेका छन् । जनकपुरकी आरती साहको हत्या प्रकरण होस् वा सिरहाकी कञ्चन मण्डलको घटना । विवाहपछि दाइजो र घरेलु हिंसाले बुहारी हत्या र आत्महत्याका घटना बढाइरहेका छन् ।
११. मुद्दा
कार्तिक १३ गतेबाट लगातार पेसी चढेको रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि स्थगित गरिएको छ । न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको मुद्दा हेर्न नमिल्नेमा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले रातोपाटीलाई जानकारी दिए ।
१२ सेयर
सेयर बजार परिसूचक नेप्सेमा आज सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक १.६६ अङ्कले घटेर २ हजार ६०७.३७ विन्दुमा बन्द भएको हो । यो अघिल्लो दिनको तुलनामा ०.०६ प्रतिशतको गिरावट हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण