बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने

शुक्रबार, २६ मङ्सिर २०८२, ०९ : ३२
शुक्रबार, २६ मङ्सिर २०८२

सारांश

  • शनिबार सुर्खेतमा नेकपाको कर्णाली प्रदेशस्तरीय एकता सभा आयोजना हुँदैछ।
  • एकता सभालाई प्रचण्ड, माधवकुमार नेपाल, वामदेव गौतम लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
  • माओवादी नेताहरू विभाजित हुँदा कर्णालीमा पार्टीको अवस्था कमजोर बन्दै गएको विश्लेषण गरिएको छ।

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशस्तरीय एकता सभा शनिबार आयोजना गरिँदैछ । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित घण्टाघरमा हुन लागेको उक्त सभाको भव्य तयारी भइरहेको पार्टीका नेता झकबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार एकता सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’,  नेता माधवकुमार नेपाल, वामदेव गौतम र भीम रावललगायतले सम्बोधन गर्नेछन् ।

माओवादीको आधार इलाकाका रूपमा रहेको कर्णालीमा पार्टी एकतापछि पहिलो पटक हुन लागेको यस सभालाई विशेष रूपमा हेरिएको छ ।

पूर्वमाओवादीका कतिपय नेताहरू प्रचण्डले माओवाद त्यागेर आफू नेतृत्वमा टिकिरहन अन्य दलहरूसँग एकता गरेको भन्दै एकता प्रक्रियामा समावेश भएका छैनन् । माओवादीका उपमहासचिव जनार्दन शर्माले ‘प्रजातान्त्रिक लोकतान्त्रिक’ नामको छुट्टै पार्टी गठन गरिसकेका छन् । माओवादीमा छँदा कर्णालीमा उनको दबदबा थियो ।

अहिले नेताहरू विभाजित भएपछि आधार इलाकामा माओवादीको अवस्था कमजोर बन्दै गइरहेको विश्लेषण हुन थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप