इन्डोनेसिया नवीकरणीय ऊर्जातर्फ उन्मुख : २०२६ पछि डिजेल आयात रोकिने
इन्डोनेसिया । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ बनाउने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य अघि सारेको छ । सरकार अहिले बायोडिजेल कार्यक्रम तीव्र गतिमा विस्तार गर्दैछ र घरेलु तेल प्रशोधन क्षमता बढाइरहेको छ, जसले देशलाई विदेशी इन्धनमा निर्भरता कम गर्न मद्दत गर्नेछ ।
सरकारले देशभर लागू गर्ने तयारी गरिरहेको नयाँ ‘बी–५० बायोडिजेल’ मिश्रण यो योजनाको मुख्य आधार मानिएको छ । सन् २०२६ देखि बी–५० प्रयोग सुरुआत गर्ने लक्ष्य राखिएको छ, जसले इन्डोनेसियाको नवीकरणीय ऊर्जा उपयोगमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
ऊर्जा तथा खनिज स्रोत मन्त्री बाहलिल लाहादालियाका अनुसार, बी–५० कार्यक्रम र तेल शोधनगृहको क्षमता वृद्धि- यी दुई उपायले इन्डोनेसियालाई अर्को वर्षदेखि डिजेल आयात रोक्ने अवस्थामा पुर्याउनेछ । उनका अनुसार, ‘बलिकपापन शोधनगृह’ विस्तार योजनाको उद्घाटन तयारीसँगै देशको ईन्धन उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि हुनेछ ।
बलिकपापन शोधनगृह विकास योजना इन्डोनेसियाको ठूलो ऊर्जा परियोजनामध्ये एक हो । विस्तार पछि उक्त शोधनगृहको दैनिक प्रशोधन क्षमता ३६० हजार ब्यारेल पुग्नेछ । यसले घरेलु उत्पादन बढाएर डिजेल आयातमा दीर्घकालीन कमी ल्याउने अपेक्षा गरिएको छ ।
इन्डोनेसिया लामो समयदेखि यातायात, औद्योगिक कार्य तथा विद्युत् उत्पादनका लागि आयातित डिजेलमा निर्भर रहेको थियो । तर बढ्दो विश्व बजार मूल्य र आयात खर्चका कारण सरकारले घरेलु विकल्प विकासमा जोड दिँदै आएको छ ।
पाम–तेलबाट तयार हुने बायोडिजेलले किसानको आय वृद्धि, उद्योग विस्तार र देशको ऊर्जा मिश्रणलाई विविधिकरण गर्न महत्त्वपूर्ण योगदान दिँदै आएको छ । ऊर्जा मन्त्रालयका अनुसार, बायोडिजेल प्रयोगले सन् २०२० देखि २०२५ बीचमा इन्डोनेसियाले करिब ६ खर्ब ७३ अर्ब रुपियाको वैदेशिक मुद्रा बचत गरेको छ ।
मन्त्री लाहादालियाले बी–५० पूर्ण रूपमा लागू भएपछि आर्थिक फाइदा अझ बढ्ने उल्लेख गरे । सन् २०२६ मा मात्र बी–५० नीतिले करिब एक अर्ब ७९ करोड खर्ब रुपियाको वैदेशिक मुद्रा बचत हुने अनुमान गरिएको छ ।
हाल इन्डोनेसियामा बी–४० बायोडिजेल नीति लागू छ । बी–५० मा रुपान्तरण भएपछि देश विश्वमै ठूलो मात्रामा बायोडिजेल प्रयोग गर्ने अग्रणी राष्ट्रको सूचीमा अझ मजबुत रूपमा उभिने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण