भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगन्जमा जेनजीको मोटरसाइकल र्याली
सारांश
- वीरगन्जमा जेनजी नेपालले हत्यारा र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै मोटरसाइकल र्याली निकाल्यो।
- सुशीला कार्की नेतृत्वको सरकारले जेनजीका हत्यारालाई कारबाही गर्न नसकेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गरियो।
- जेनजी आन्दोलनकारीमाथिको धरपकड बन्द गर्न र पक्राउ परेकालाई रिहाइ गर्नुपर्ने माग पनि राखियो।
वीरगन्ज । कमन जेनजी नेपाल र जेनजी नेपालले आज वीरगन्जमा मोटरसाइकल र्याली निकालेको छ । जेनजीका हत्यारा, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, जेनजीसँग गरिएका नक्कली सम्झौता खारेज गर्नुपर्ने लगायतका माग गर्दै मोटरसाइकल र्याली निकालिएको हो ।
वीरगन्जको लाल बंगलाबाट निष्केको मोटरसाइकल र्याली घण्टाघर, माइस्थान, नारायणी अस्पताल, रजत जयन्ती चौक, आदर्श नगर हुँदै घण्टाघरमा पुगेर समापन भएको थियो । सुशीला कार्की नेतृत्वको सरकारले जेनजीका हत्यारा र भ्रष्टाचारीलाई कारबाही गर्न असफल भएको भन्दै उनीहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन् ।
जेनजीका हत्यारा र भ्रष्टाचारीलाई कारबाही गर, जेनजी आन्दोलनलाई संस्थागत गर, निकास बिना निर्वाचनको औचित्य छैन, देखावटी सम्झौता हाम्रो माग हैन, जेनजीको माग सुनिश्चित गर, जेनजी माथिको दमन बन्द गर, हत्यारा र भ्रष्टाचारीलाई कारबाही गर, सुशीला तिम्रो पाराले दु:ख पाए साराले, सुशीला सरकार मुर्दावाद, हत्यारालाई पक्राउ गर, भ्रष्टाचारीलाई कारबाही गर, पक्राउ परेका जेनजीलाई यथाशिघ्र रिहाइ गर लगायतका नारा लगाउँदै र्याली निकालिएको हो ।
मोटरसाइकल र्याली निकाल्नुभन्दा अघि कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै हालै सरकार र जेनजीबिच भएको सम्झौता धोका भएको बताउँदै च्यातेर विरोध गरेका छन् ।
अध्यक्ष साहले जेनजी आन्दोलनकारी माथिको धरपकड बन्द गर्नुपर्ने र पक्राउ परेकालाई रिहाइ गर्नुपर्ने लगायतका माग आफूहरूको रहेको कमन जेनजी नेपालले जनाएको छ ।
‘जेनजीका हत्यारा र भ्रष्टाचारीलाई पक्राउ गर्न नसक्ने सुशीला सरकारले जेनजी आन्दोलनकारीलाई पक्राउ गरेर बहादुरी देखाइरहेको छ । जेनजीका हत्यारा केपी ओली, रमेश लेखक लगायतलाई यथाशिघ्र पक्राउ गरी कारबाही गर्न हामीले माग गर्दै आएका छौ,’ साहले भने, ‘तर यो सरकारले हत्यारालाई पक्राउ गर्न सकेको छैन । नाटक मात्रै गरिरहेको छ । फेक आइडीबाट बनेको सरकारले फेक जेनजीलाई राखेर सम्झौताको नाटक गरिरहेको छ ।’
सरकारद्वारा हालै प्रस्तुत गरिएको सम्झौता पत्रले जेनजी जनआन्दोलनको वास्तविक मर्म, मुद्दा र जनआवाजलाई पूर्ण रूपमा बेवास्ता गरेको जेनजी नेपालका संयोजक कृष्णमोहन सहनीले जनाएका छन् । सरकारले देशको राजनीतिक सङ्कट समाधान गर्न आवश्यक मूल प्रश्नहरूलाई सम्बोधन गर्न असफल भएको सहनीले बताए ।
‘फेक आइडीबाट बनेको सुशीला सरकारले अझै पनि आफ्नै निर्देशनमा चल्ने फेक जेनजीहरूलाई राखी गरेको सम्झौता मान्य छैन । देशव्यापी रूपमा उभिएको परिवर्तनको चाहना, युवाहरूको बलिदान र जनताको भरोसालाई कमजोर बनाउने यस्तो सम्झौताप्रति कमन जेनजी नेपाल कडा विरोध गर्दछ,’ अध्यक्ष साहले भने ।
र्यालीमा अध्यक्ष साह, जेनजी नेपालका कृष्णमोहन सहनीका साथै निकोलस भुसाल लगायतको सहभागिता रहेको थियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
-
टीकापुरमा ‘अन्तर व्यवस्थापिका सम्मेलन’ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण