काठमाडौँ । दोस्रो सिजनको नेपाल प्रिमियर लिगको उपाधि लुम्बिनी लायन्सले जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले मात्र ९ ओभरमा ६ विकेटले खेल जित्यो ।
टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम पाँच बल बाँकी छँदै ८५ रनमा अलआउट भएको थियो । लुम्बिनीले पहिलो ओभरमै २७ रन बनाएको थियो, उक्त क्रममा दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गरे, उनले पहिलो ओभरमै चार वटा छक्का प्रहार गरे ।
यस क्रममा लुम्बिनीले डार्सी सर्टको रूपमा पहिलो विकेट गुमायो । पाँचौँ ओभरको पहिलो बलमा सर्ट हेमन्त धामीले सर्टलाई बोल्ड आउट गरे, उनले १३ बलमा १४ रन बनाए । त्यस्तै दोस्रो विकेटको रूपमा अधिकारी आउट भए । पाँचौँ ओभरको तेस्रो बलमा आउट भएका अधिकारीले १३ बलमा ४२ रन जोडे । उनी पनि धामीकै बलमा क्याच आउट भए ।
कप्तान रोहित पौडेल १२ बलमा १६ रन बनाए र आउट भए । त्यस्तै निरोसन डिकवेलाले १२ बलमा ११ रन बनाए । सन्दीप जोराले भने आज रन बनाउन सकेनन् । तीन बल खेलका उनी शून्यमै आउट भए । दिलीप नाथ १ रनमा नट आउट रे ।
आज लुम्बिनीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । कप्तान रोहित पौडेलले घातक बलिङ गर्दै ह्याट्रिकसहित ३ विकेट लिएर मात्र १२ रन खर्चे । त्यस्तै, शेर मल्लले ४ ओभरमा १८ रन दिएर ३ विकेट हात पारे भने रुबेन ट्रम्पलमानले मात्र २.१ ओभर बलिङ गर्दै ३ रन खर्चेर ३ विकेट लिए ।
लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
सुदूरपश्चिम यसपटक पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइनमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो । यसपटक उपाधिसहित लुम्बिनीले एक करोड १० रुपैयाँ लाख हात पार्यो ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) शनिबार सम्पन्न भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लाइन्सले सुदूरपश्चिमलाई हराउँदै उपाधि जित्न सफल बन्यो ।
अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम यो पटक पनि अभागी बन्यो । फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य ९ ओभरमै ४ विकेटको क्षतिमा भेट्टाउँदै लुम्बिनीले उपाधि हात पारेको हो ।
सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेसँगै लुम्बिनीका खेलाडी र समर्थकले खुसीयाली बनाए भने त्रिवि क्रिकेट मैदान उल्लासमय भएको थियो ।
काठमाडौँ । दोस्रो सिजनको नेपाल प्रिमियर लिगको उपाधि लुम्बिनी लायन्सले जितेको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा ८६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले मात्र ९ ओभरमा ६ विकेटले खेल जित्यो ।
टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम पाँच बल बाँकी छँदै ८५ रनमा अलआउट भएको थियो । लुम्बिनीले पहिलो ओभरमै २७ रन बनाएको थियो, उक्त क्रममा दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गरे, उनले पहिलो ओभरमै चार वटा छक्का प्रहार गरे ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि जित्न लुम्बिनी लायन्सलाई ८६ रनको सामान्य लक्ष्य प्राप्त भएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम टोली पूरै ओभर खेल्न नसकी पाँच बल बाँकी छँदै ८५ रनमा अलआउट भयो । यो सुदूरपश्चिमको यस सिजनकै सबैभन्दा कम योगफल हो ।
लुम्बिनीका बलरहरूले आज उत्कृष्ट प्रदर्शन गरे । कप्तान रोहित पौडेलले घातक बलिङ गर्दै ह्याट्रिकसहित ३ विकेट लिएर मात्र १२ रन खर्चे । त्यस्तै, शेर मल्लले ४ ओभरमा १८ रन दिएर ३ विकेट हात पारे भने रुबेन ट्रम्पलमानले मात्र २.१ ओभर बलिङ गर्दै ३ रन खर्चेर ३ विकेट लिए ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच खेल भइरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरले ८ विकेट गुमाएको छ । आजको खेलमा तेस्रो विकेट लिने क्रममा शेर मल्लले सुदूपश्चिमका ओपनर इसान पाण्डेलाई आउट गराएका हुन् । ५१ बलको सामना गरेका पाण्डेले ३३ रन जोडेर आउट भए ।
यसअघि दीपेन्द्रसिंह ऐरीलाई चौथो विकेटका रूपमा गुमाएको सुदूरले पाँचौँ विकेटका रूपमा दीपक बोहोरालाई पहिलो बलमै गुमाएको हो । यस क्रममा लुम्बिनीका कप्तान रोहित पौडेलले लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । ऐरी ट्रम्पलमानबाट क्याच आउट भए भने बोहोराको क्याच सन्दीप जोराले लिए । पुनित मेहरालाई भने रोहितले एलबीडब्ल्यू धरापमा पारे ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच खेल भइरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरले ७ विकेट गुमाएको छ । शेर मल्लको बलमा अमेरिकन ब्याटर हर्मित सिंह क्याच आउट भएका हुन् ।
यसअघि दीपेन्द्रसिंह ऐरीलाई चौथो विकेटका रूपमा गुमाएको सुदूरले पाँचौँ विकेटका रूपमा दीपक बोहोरालाई पहिलो बलमै गुमाएको हो । यस क्रममा लुम्बिनीका कप्तान रोहित पौडेलले लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । ऐरी ट्रम्पलमानबाट क्याच आउट भए भने बोहोराको क्याच सन्दीप जोराले लिए । पुनित मेहरालाई भने रोहितले एलबीडब्ल्यू धरापमा पारे ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच खेल भइरहेको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरले ६ विकेट गुमाएको छ ।
दीपेन्द्रसिंह ऐरीलाई चौथो विकेटका रूपमा गुमाएको सुदूरले पाँचौँ विकेटका रूपमा दीपक बोहोरालाई पहिलो बलमै गुमाएको हो । यस क्रममा लुम्बिनीका कप्तान रोहित पौडेलले लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । ऐरी ट्रम्पलमानबाट क्याच आउट भए भने बोहोराको क्याच सन्दीप जोराले लिए । पुनित मेहरालाई रोहितले एलबीडब्ल्यू धरापमा पारे।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच खेल भइरहेको छ ।
टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरले १० ओभरको समाप्तिमा जम्मा ४१ रन मात्र बनाएको छ भने तीन विकेट गुमाएको छ ।
पावर प्लेमै तीन विकेट गुमाएर दबाबमा परेको सुदूरले आज भरपर्दा ब्याटर विनोद भण्डारीलाई शून्य रनमै गुमाएको थियो भने अन्य ब्याटरहरू पनि चलेनन् । आरिफ शेख पनि ६ रन बनाएर आउट भए । त्यस्तै शेल्डन ज्याक्सनले पनि मात्र १ रन बनाउन सके भने सुदूरले इनिङको ६० बल सकिँदा मात्र एक छक्का र एक चौका जोड्न सक्यो ।
काठमाडौँ । लुम्बिनी लायन्ससँग दोस्रो संस्करणको नेपाल प्रिमियर लिगको उपाधि भिडन्त खेलिरहेको सुदूरपश्चिम रोयल्सलाई ठुलो धक्का लागेको छ । उसले पाँच ओभर नसकिँदै लगातार तीन विकेट गुमाएको छ ।
पछिल्लो पटक उसका आशिफ शेख मात्र ६ रन बनाएर आउट भए । उनलाई लुम्बनीका शेर मल्लले एलबीडब्ल्यू धरापमा पारे ।
त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा ट्रम्पलमानले सुदूरका भरपर्दा ब्याटर विनोद भण्डारीलाई बिनाकुनै रन आउट गराएका थिए भने अर्का शेल्डन ज्याक्सनलाई पनि मात्र एक रनमा आउट गराएका थिए ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच खेल भइरहेको छ ।
यस्तोमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरले दोस्रो विकेट पनि गुमाएको छ । पहिलो ओभरमा पहिलो विकेट गुमाएको सुदूरले दोस्रो ओभरको तेस्रो बलमा अर्को विकेट गुमाएको हो । दुवै विकेट ट्रम्पलमानले लिए । दोस्रो विकेटका रूपमा ट्रम्पलमानले शेल्डन ज्याक्सनलाई एलबीडब्ल्यू धरापमा पारे ।
यसअघि ट्रम्पलमानको बलिङमा भण्डारी बिनाकुनै रन बनाई दिनेश अधिकारीबाट क्याच आउट भएका थिए, अघिल्ला खेलहरूमा भने भण्डारी उत्कृष्ट लयमा थिए ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि भिडन्तका लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच खेल भइरहेको छ । यस्तोमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरले पहिलो ओभरको अन्तिम बलमा पहिलो विकेट गुमाएको छ । सुदूरले पहिलो विकेटका रूपमा ओपनर विनोद भण्डारीलाई गुमाएको हो ।
लुम्बिनी लायन्सका ट्रम्पलमानको बलिङमा भण्डारी बिनाकुनै रन बनाई दिनेश अधिकारीबाट क्याच आउट भए । अघिल्ला खेलहरूमा उत्कृष्ट लयमा थिए भण्डारी ।
दोस्रो संस्करणको फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भइरहेको छ । सुदूरपश्चिम पहिलो संस्करणको फाइनलमा भने जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गर्दैछन् ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । लुम्बिनीले केही बेरमा सुदूरपश्चिमविरुद्ध बलिङ थाल्नेछ । प्रतियोगितामा लगातार दोस्रोपटक फाइनलमा खेल्दै गरेको सुदूरपश्चिम रोयल्स पहिलो उपाधि जित्ने लक्ष्यमा छ ।
सुदूरपश्चिम गत सिजन जनकपुर बोल्ट्ससँग पराजित हुँदै उपाधि चुम्नबाट चुकेको थियो ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल हेर्न आएका दर्शकले टिकट नपाएको भन्दै नाराबाजी गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको छ । त्रिवि विश्वविद्यालय बाहिर टिकट नपाएको भन्दै नाराबाजी गर्नेहरूलाई प्रहरीले बल प्रयोग गरेर हटाएको हो ।
शनिबार नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्दैछन् । त्रिवि क्रिकेट मैदानमा हुने दुई टोलीबिचको खेल दिउँसो ३ः ३० बजे सुरु हुनेछ ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेकी छन् । उनले आज सामाजिक सञ्जाल (फेसबुक) मार्फत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना व्यक्त गरेकी हुन् ।
उनले भनेकी छन्, “यस उत्सवले सिङ्गो देशलाई जिताएको छ, जगाएको छ । सारा नेपालीलाई जोड्दै, सुरक्षा संशय चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश विश्वभर पुर्याएको छ ।”
काठमाडौँ । जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधि नजिक पुगेको हो ।
लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएको विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो ।
दीपेन्द्रसिंह ऐेरीको कप्तानीमा रहेको सुदूरपश्चिम उपाधि दाबेदार टोली हो । गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग ५ विकेटले पराजित भएको सुदूरपश्चिम यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा छ ।