हामीसँग ब्यालेस्टिक मिसाइल प्रयोग गरेर विदेशी चलखेल रोक्ने तागत छैन : प्रचण्ड
सारांश
- प्रचण्डले विदेशी चलखेल रोक्न व्यालेस्टिक मिसाइल प्रयोग गर्ने सामर्थ्य नभएको बताए।
- उनले जेनजी आन्दोलनले राजनीतिक दल र नेताहरूलाई चुनौती दिएको र आफूले सकारात्मक रूपमा लिएको बताए।
- प्रचण्डले जेनजी युवामाथि सरकारको दमन गलत भएको टिप्पणी गर्दै युवाहरू पार्टीसँग जोडिएको बताए।
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हुने विदेशी चलखेल रोक्नका लागि व्यालेस्टिक मिसाइल प्रयोग गर्ने सामर्थ्य आफूहरूसँग नभएको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले विदेशी हस्तक्षेप र चलखेल रोक्ने अस्त्र हतियार नभई जनताको एकता भएको बताएका हुन् ।
सम्बोधनका क्रममा उनले भने, ‘कतिपय विदेशी शक्तिहरूको चलखेल हुन्छ नै । तर, हामीले कुनै व्यालेस्टिक मिसाइल प्रयोग गरेर विदेशी चलखेल रोक्ने तागत हामीसँग छैन । त्यसैले जनताको तागत, जनताको एकता र शक्ति नै हाम्रो लागि मुख्य शक्ति हो ।’
प्रचण्डले पछिल्लो समय चर्चामा रहेको ‘जेनजी’ आन्दोलनले राजनीतिक दल र पुराना नेताहरूलाई गम्भीर चुनौती दिएको उल्लेख गरे । उनले जेनजीले ‘सच्चिने कि सक्किने’ भनेर दिएको चेतावनीलाई आफूले सकारात्मक रूपमा लिएको बताए । ‘जेनजी आन्दोलनले पार्टी र हामी नेताहरूलाई चुनौती दियो । मैले त उनीहरूलाई धन्यवाद दिएँ, तपाईंहरूले हामीलाई सच्याउने मौका दिनुभयो,’ प्रचण्डले भने ।
उनले सरकारले जेनजी युवामाथि गरेको दमन गलत भएको टिप्पणी समेत गरे । युवाहरूले उठाएका मागहरू आफ्नो पार्टीसँग मिल्दोजुल्दो रहेको दाबी गर्दै प्रचण्डले भने- ‘अहिले हजारौँ जेनजी युवाहरू हामीसँग जोडिनुभएको छ । उहाँहरूले हाम्रो अभिभावक प्रचण्ड नै रहेछ भनिरहनुभएको छ । यो देखेर कतिपय शक्तिहरू सबै नेपाली कम्युनिस्ट पार्टीतर्फ केन्द्रित भयो भनेर आत्तिएका पनि छन् ।’
उनले आफूहरू जनतासँग आत्मसमीक्षा गरेर तल्लो तहसम्म पुगेको भन्दै अहिले पार्टीप्रति उत्साहित हुने वातावरण बनेको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण