बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुडानमा संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा आक्रमण, ६ बङ्गलादेशी शान्ति सेनाको मृत्यु

आइतबार, २८ मङ्सिर २०८२, १२ : ५१
आइतबार, २८ मङ्सिर २०८२

काठमाडाैँ ।  सुडानको अबियेई क्षेत्रमा रहेको संयुक्त राष्ट्रसङ्घको आधार शिविरमा भएको आक्रमणमा बङ्गलादेशी सेनाका ६ जना शान्तिसेनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन् । बङ्गलादेश सेनाको अन्तरसेवा जनसम्पर्क निर्देशनालयले शनिबार राति जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको हो ।

विज्ञप्तिमा ‘युद्ध जारी रहेको छ’ भनिएको छ । तर घटनासम्बन्धी थप विवरण तत्काल सार्वजनिक गरिएको छैन । यस घटनाप्रति बङ्गलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले गहिरो दुःख र स्तब्धता व्यक्त गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप