मधेसका मुख्यमन्त्रीले एमाले महाधिवेशनपछि मात्रै विश्वासको मत लिने
सारांश
- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ।
- एमालेको महाधिवेशनपछि मात्रै मन्त्रिपरिषद् विस्तार र विश्वासको मत लिने प्रक्रिया अघि बढ्ने सम्भावना छ।
- मन्त्रीपरिषद् विस्तार र सभामुख चयनमा सत्तारुढ दलहरुबीच सहमति हुन बाँकी छ।
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । शपथ ग्रहणका क्रममा लगत्तै विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने बताएका मुख्यमन्त्री यादवले अझै त्यससम्बन्धी आवश्यक होमवर्क पूरा गर्न सकेका छैनन् ।
एक सांसदले बताए अनुसार अब एमालेको जारी ११औँ महाधिवेशनपछि मात्रै मन्त्रिपरिषद् विस्तार र मुख्यमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढ्नेछ ।
हामी मन्त्रालय बाँडफाँडसहितको होमवर्क आजसम्ममा सक्ने तयारीमा छौँ । ती सांसदले राटोपाटीसँग भने एमालेको महाधिवेशनपछि नै मन्त्रिपरिषद् विस्तार र विश्वासको मतको कार्यक्रम अघि बढ्छ ।
मुख्यमन्त्री यादव मंसिर २३ गते कांग्रेसका शीर्ष नेताहरूसँग भेट गर्न काठमाडौँ पुगेका थिए । उनले मंसिर २४ गते सत्ता गठबन्धनमा रहेका सात दलको बैठक बोलाएका थिए । तर, उनी स्वयं जनकपुर नफर्किएपछि बैठक स्थगित भयो । त्यसयता सात दलीय बैठक बस्न सकेको छैन ।
कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता यादव मंसिर १९ गते एमालेबाहेकको सात दलीय गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले मंसिर २१ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।
भौतिक पूर्वाधार मन्त्रालयमा जसपा र माओवादी केन्द्र दुवैले दाबी गरेपछि सहमति हुन नसकेको बताइएको छ । यसैबिच सत्तारुढ दलहरूबिच मधेस प्रदेश सभाको सभामुख चयनमा पनि सहमति हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण