दक्षिण अफ्रिकाविरुद्ध भारत ७ विकेटले विजयी, सिरिजमा फेरि अग्रता
सारांश
- भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले हराएर टी-२० सिरिजमा अग्रता लियो।
- धर्मशालामा भएको खेलमा, पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका ११७ रनमा अलआउट भयो।
- अभिषेक शर्माको ३५ रन र भारतीय बलरहरूको उत्कृष्ट प्रदर्शनले भारतलाई जित दिलायो।
काठमाडौँ । भारतमा जारी भारत-दक्षिण अफ्रिका टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गर्दै सिरिजमा पुनः अग्रता बनाएको छ ।
आइतबार धर्मशालामा सम्पन्न सिरिजको तेस्रो खेलमा शानदार जित हात पार्दै भारत सिरिजमा एक खेलले अघि बढेको हो । भारतले २-१ ले सिरिजमा अग्रता कायम गरेकाे छ । टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकालाई भारतीय बलरहरूले सुरुदेखि नै कडा दबाबमा राख्दै मात्र ११७ रनमै अलआउट गराए ।
भारतीय बलिङ आक्रमणमा अरशदीप सिंह, वरुण चक्रवर्ती, कुलदीप यादव र हर्षित रानाले उत्कृष्ट प्रदर्शन गरे । उनीहरूको धारिलो बलिङ अघि दक्षिण अफ्रिकी ब्याट्सम्यानहरू लामो समय टिक्न सकेनन् । दक्षिण अफ्रिकाका कप्तान एडन मार्क्रमले ६१ रनको संघर्षपूर्ण इनिङ खेले पनि अन्य ब्याट्सम्यानको साथ नपाउँदा टोली सम्मानजनक स्कोरसम्म पुग्न असफल भयो ।
सामान्य लक्ष्य पछ्याएको भारतले आक्रामक सुरुवात गर्यो । अभिषेक शर्माले मात्र १८ बलमा ३५ रन बनाउँदै भारतीय जितको आधार तयार पारे ।
भारतले १५.५ ओभरमै ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै सहज जित दर्ता गर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण