बार्सिलोनाको सहज जित, ग्वाडालाजारालाई २-० ले पराजित
बुधबार, ०२ पुस २०८२, ०४ : १८
सारांश
- बार्सिलोनाले कोपा डेल रे अन्तर्गत ग्वाडालाजारालाई २-० गोलले पराजित गर्यो।
- खेलको ७६ औँ मिनेटमा क्रिस्टेन्सेनले गोल गरे भने इन्जुरी समयमा रासफोर्डले गोल थपे।
- ग्वाडालाजाराले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन।
काठमाडौँ। स्पेनिस कप प्रतियोगिता कोपा डेल रे अन्तर्गत बुधबार सम्पन्न खेलमा बार्सिलोनाले ग्वाडालाजारालाई २-० गोलले पराजित गरेको छ ।
खेलको अधिकांश समय कडा प्रतिस्पर्धा देखिएको भए पनि बार्सिलोनाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गर्यो । खेलको ७६ औँ मिनेटमा डिफेन्डर एन्ड्रियास क्रिस्टेन्सेनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि इन्जुरी समयमा मार्कस रासफोर्डले गोल थप्दै बार्सिलोनाको जितलाई पक्का गरे ।
ग्वाडालाजाराले केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण