एमाले उपमहासचिवमा विजयी हुँदै लेखराजले दिए ‘सर्वस्वीकार्य’ भएको सन्देश
धनगढी । माओवादी पृष्ठभूमिबाट आएका लेखराज भट्टले नेकपा एमालेको ११औं महाधिवेशनमा उपमहासचिव पदमा जित हासिल गर्दै पार्टीभित्र आफू ‘सर्वस्वीकार्य’ भएको सन्देश दिएका छन् । यो जितले सुदूरपश्चिम प्रदेशमा भट्ट कार्यकर्तामाझ लोकप्रिय नेताको रुपमा स्थापित भएको नेताहरु बताउँछन् ।
११औँ महाधिवेशनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना नेताले पदाधिकारी पदमा उम्मेदवारी दिएका थिए । उपमहासचिवमा लेखराज भट्ट र सचिव पदमा कर्ण थापा चुनावी मैदानमा उत्रिएका थिए । चुनावी परिणाममा लेखराज भट्टले उपमहासचिव पदमा विजय हासिल गरे भने कर्ण थापाको प्रयास सफल हुन सकेन । थापा अघिल्लो पटक पनि उम्मेदवार थिए । त्यसबेला पनि उनी पराजित भएका थिए ।
भट्टको यो जितलाई एमालेभित्र अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादी केन्द्रबाट एमालेमा आएको भन्दै गरिने टीकाटिप्पणीलाई उनले आफ्नो जितबाट पूर्णविराम लगाइदिएका छन् । पार्टीमा आएको छोटो समयमै उनले उपमहासचिव जस्तो महत्त्वपूर्ण पदमा जित निकाल्नुले उनको सांगठनिक पकड र नेताहरू माझको गहिरो प्रभावलाई दर्शाएको कतिपय नेतहरु बताउँछन् ।
एमाले नेता नारदमुनि राना भट्ट भन्छन्, ‘सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्दै लेखराज भट्ट उपमहासचिवमा विजयी हुनुभएको छ । उहाँको यो जितले उहाँको लोकप्रियता र सर्वस्वीकार्यतालाई प्रष्ट पारेको छ ।‘
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण