बेलिङ्घम र एमबाप्पेको गोलमा रियल म्याड्रिडको सहज जित
आइतबार, ०६ पुस २०८२, ०४ : २६
सारांश
- रियल म्याड्रिडले सेभिल्लालाई २-० गोलले पराजित गर्यो, जसमा बेलिङ्घम र एमबाप्पेले गोल गरे।
- खेलमा बेलिङ्घमले गोल गर्दै म्याड्रिडलाई अग्रता दिलाए, भने एमबाप्पेले पेनाल्टीमार्फत जित सुनिश्चित गरे।
- जितसँगै रियल म्याड्रिडले बार्सिलोनासँगको अंक दूरी कम गर्दै शीर्ष स्थानको लागि प्रतिस्पर्धा गरिरहेको छ।
काठमाडौँ । ला लिगा अन्तर्गत आइतबार सम्पन्न खेलमा रियल म्याड्रिडले सेभिल्लामाथि २-० को महत्त्वपूर्ण जित हात पारेको छ । घरेलु मैदानमा भएको खेलमा म्याड्रिडका लागि जुड बेलिङ्घम र किलियन एमबाप्पे नायक बने ।
खेलको ३८औँ मिनेटमा बेलिङ्घमले उत्कृष्ट फिनिस गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाए । दोस्रो हाफमा सेभिल्ला ६८औँ मिनेटमा मार्कोस दो नासिमेन्टो टेक्सेइराले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित हुन पुग्यो ।
म्याड्रिडले खेलको ८६औँ मिनेटमा एमबाप्पेको पेनाल्टी गोलमार्फत जित सुनिश्चित गर्यो ।
जितसँगै रियल म्याड्रिडले ४२ अंक जोड्दै अंक पहिलो स्थानमा रहेको बार्सिलोनासँगको दुरी कम गरेको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा म्याड्रिड मात्र एक अंकको अग्रता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण