सिद्धबाबा सुरुङमार्ग अवलोकन गर्दै ऊर्जामन्त्रीले भने – परियोजना समयमा सक्नुपर्छ
सारांश
- मन्त्री कुलमान घिसिङले बुटवल-सिद्धबाबा सुरुङमार्गको अनुगमन गर्दै समयमै काम सक्न निर्देशन दिए।
- सुरुङमार्ग निर्माणको प्रगतिबारे जानकारी लिँदै मन्त्री घिसिङले द्रुत गतिमा काम अघि बढाउन भने।
- सुरुङमार्गका तीनवटै बाइपासको ब्रेक थ्रु गत वर्ष नै भएको थियो, जसले यातायातलाई सहज बनाउनेछ।
बुटवल । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले आज बुटवल–सिद्धबाबा सुरुङमार्गको स्थलगत अनुगमन गर्दै परियोजना समयमै सम्पन्न गर्न सबै लाग्नुपर्ने बताएका छन् ।
उनले यस्ता परियोजना नागरिकसँग प्रत्यक्ष जोडिएको र सरकारले पनि निश्चित उद्देश्य लिएर सुरु गरेकाले तोकिएको समयमै पूरा गर्न ढिलाइ गर्न नहुने बताए ।
सुरुङमार्ग अवलोकनका क्रममा उनले प्रगतिबारे चासो राखेका थिए । आयोजना प्रमुख नवराज बास्तोलाका अनुसार सुरुङमार्गको हालसम्मको प्रगतिबारे उनले जानकारी गराएका थिए । सो अवसरमा मन्त्री घिसिङले द्रुत गतिमा काम अगाडि बढाउन निर्देशन दिएका हुन् ।
सुरुङमार्ग निर्माणका क्रममा देखिएका समस्याहरू निर्माण कम्पनी तथा आयोजनाले मन्त्रीसमक्ष राखेका थिए । सुरुङमार्गको तीनवटै बाइपासको 'ब्रेक थ्रु' गत वर्ष नै भएको थियो । तेस्रो र पहिलोको 'ब्रेक थ्रु' अघिल्लो वर्षको भदौ तथा असोजमा भएकोमा दोस्रो बाइपासको 'ब्रेक थ्रु' गत वर्षको पुस ७ गते भएको थियो ।
यहाँ पहिलो बाइपासको लम्बाइ १५१ मिटर, दोस्रोको १६१ मिटर र तेस्रोको १३० मिटर रहेको छ ।
सिद्धार्थ राजमार्ग भएर दैनिक हजारौँ साना–ठुला सवारीसाधन चल्ने गर्छन् । खासगरी यहाँ बर्खामा पहिरो र हिउँदमा सुक्खा पहिरोले गर्दा बुटवलबाट पाल्पा हुँदै सिद्धार्थ राजमार्गमा चल्ने सवारीसाधनलाई समस्या हुने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मिथ चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण