अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
सारांश
- राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई क्षेत्रबाट सिफारिस भएका छन्।
- थापालाई काठमाडौँ ५ र बाँके २ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको हो।
- पार्टीले कुन क्षेत्रबाट निर्वाचन लड्ने भन्नेबारे अन्तिम निर्णय गर्न बाँकी छ।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि थापालाई काठमाडौँ निर्वाचन क्षेत्र नं ५ र बाँके निर्वाचन क्षेत्र नं २ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको हो।
राप्रपा नेपाल काठमाडौँ ५ को क्षेत्रीय कार्यसमिति बैठकले अध्यक्ष थापाको नाम एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। क्षेत्रीय अध्यक्ष सन्तोष अधिकारीका अनुसार सोही क्षेत्रबाट समानुपातिकतर्फ जयकुमार खड्का, अर्जुन नेपाली र सुनिता कुरुङ्वाङ्गको नाम पनि पठाइएको छ।
यता बाँके निर्वाचन क्षेत्र नं २ बाट पनि थापाको नाम सर्वसम्मत रूपमा सिफारिस भएको पार्टी महामन्त्री राजाराम बर्तौलाले जानकारी दिएका छन्। पार्टीको केन्द्रीय सचिवालयका अनुसार देशभरका क्षेत्रीय कार्यसमितिहरूले उम्मेदवारको नाम सिफारिस गर्ने क्रम अन्तिम चरणमा पुगेको छ। अध्यक्ष थापा दुवै क्षेत्रबाट सिफारिस भए पनि कुन क्षेत्रबाट निर्वाचन लड्ने भन्नेबारे पार्टीले अन्तिम निर्णय गर्न बाँकी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण