६० केजी सुन तस्करी मुद्दाको सुनुवाइका लागि पेसी तोकियो
सारांश
- ६० केजी सुन तस्करी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ।
- सुन तस्करीमा संलग्न चिनियाँ र भारतीय नागरिकहरूले दिएको निवेदनमाथि सुनुवाइ हुँदैछ।
- जिल्ला अदालत र उच्च अदालतको आदेशपछि उनीहरू सर्वोच्च अदालतमा मुद्दा लिएर गएका हुन्।
काठमाडौँ । ६० केजी सुन तस्करी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ । ६० केजी सुन तस्करीमा चिनियाँ नागरिक गेन्जा झाछी, मिङसिङ टेरेन्स सी, मनोजराज श्रेष्ठ, भारतीय नागरिक बैजनाथ ब्रह्मादत्त गोयलले दिएको निवेदनमाथि सुनुवाइ हुन लागेको हो । उनीहरुले दिएको निवेदन न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज ढकालको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
२०८१ असार २६ गते सुन तस्करी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालत पाटनले पनि जिल्ला अदालतको आदेश सदर गरेपछि उनीहरू दफा ७३ को निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।
चिनियाँ गिरोहले मोटरसाइकलको ब्रेक सुको स्वरूपमा भित्र्याएको ६० किलोभन्दा बढी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गरेको अवस्थामा राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा सुन बरामद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण