चोरी भएको मोटरसाइकल ट्राफिक प्रहरीले भेट्टाइदिए, सवारीधनीले केक काटेर खुसी मनाए
सारांश
- काठमाडौं ट्राफिक प्रहरीले हराएका ६० वटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
- चोरीमा संलग्न ५ जना आरोपीलाई चोरी मुद्दामा अनुसन्धानका लागि प्रहरी वृत्तमा पठाइएको छ।
- प्रहरीले सवारीधनीलाई जिपिएस ट्रयाकिङ्ग सिस्टम राख्न र सुरक्षित स्थानमा पार्किङ गर्न आग्रह गरेको छ।
काठमाडौँ । काठमाडौँको वसन्तपुरबाट नौ महिनाअघि हराएको स्कुटर भेट्टियो भनेर ट्राफिक प्रहरीले फोन गरेपछि किरण ठकुरीलाई सुरुमा पत्यार नै लागेन । शुक्रवार बिहान रामशाहपथ स्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आउँदा उनको बा.६१ प ७०३५ नम्बरको स्कुटर आँखै अगाडि देखेर उनी निकै खुसी भइन् ।
एसएसपी नवराज अधिकारीले उनलाई सोधे, ‘आफैँ चलाउनुहुन्छ ?’ ठकुरीले जवाफ दिइन्, ‘हजुर, आफैँ चलाउँछु भेट्टाइदिनुभएकोमा धन्यवाद ।’
विभिन्न समयमा चोरी भएका ६० वटा मोटरसाइकल फेला पारेर उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई बोलाएर हस्तान्तरण गरेको छ । उपत्यका प्रहरी कार्यालयका एआईजी ईश्वर कार्कीले सवारी धनीलाई मोटरसाइकल र स्कुटर हस्तान्तरण गरेका हुन् ।
बौद्ध स्थित टुसालबाट हराएको आफ्नो प्रदेश–३–०२–००३ प २२४७ नम्बरको मोटरसाइकल लिन भानुषा भण्डारी उपत्यका ट्राफिक प्रहरी कार्यालयमा पुगिन । ट्राफिक प्रहरीले स्कुटर जिम्मा लगाएको पत्र थमाउन नपाउँदै उनले केक निकालेर भनिन्, ‘सर, धन्यवाद स्वरूप मैले केक ल्याएको छु ।’
एआईजी कार्कीले केक काटे । स्कुटर खोज्नेहरूले सवारीधनीलाई र सवारी धनीले खोजी कार्यमा संलग्नहरूलाई केक खुवाएर ट्राफिक कार्यालयमा खुसीयाली मनाए । पुस महिनामा भेटिएका ६० वटा मोटरसाइकल शुक्रवार सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ । चोरीमा संलग्न ५ जना आरोपीलाई चोरी मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतको वृत्तहरूमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । चोरको साथबाट बरामद गरिएको ३ ओटा मोटरसाइकल पनि ट्राफिक प्रहरीले दशीको रूपमा वृत्तहरूमा पठाएको छ ।
काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकल र स्कुटर खोज्न एसपी नरेश सुवेदीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएपीद्ववय कृष्ण खड्का, बेद बहादुर पौडेल र जिल्ल प्रहरी परिसर काठमाडौँका डीएसपी चन्द्र बहादुर थापा सदस्य छन् ।
-(1)_m62ll7iS69.jpg)
मंसिर महिनामा ७१ वटा दुईपांग्रे सवारी साधन भेट्टाएर धनीलाई हस्तान्तरण गरिएको एसएसपी नवराज अधिकारीले जानकारी दिए । धनीलाई मोटरसाइकल हस्तान्तरण गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख अधिकारीले आफ्नो सवारी साधनमा जिपिएस ट्रयाकिङ्ग सिस्टम राख्न सवारीधनीलाई आग्रह गरेका छन् । उनले भने, ‘दुई–तिन लाख खर्च गरेर किनेको मोटरसाइकलको सुरक्षा गर्न जिपिएस ट्रयाकिङ्ग सिस्टम राख्नुपर्छ ।’
त्यस्तै, अधिकारीले सुरक्षित स्थानमा पार्किङ गर्न सवारी प्रयोगकर्ताहरूलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण