जाजरकोटबाट शक्ति बस्नेतसहित ६ जना उम्मेदवार सिफारिस
सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोटले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको नाम केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ ।
जसमा प्रत्यक्षतर्फ शक्ति बस्नेतसहित ६ जनाको नाम सिफारिस गरिएको छ ।रामदीप आचार्य, गणेश प्रसाद सिंह, कृष्ण बहादुर बुढा, पार्वती थापा र महेश अधिकारीको नाम प्रत्यक्षतर्फका लागि सिफारिस गरिएको छ ।
पूर्व गृहमन्त्री भइसकेका बस्नेत एकल सिफारिस हुने आकलन गरिएको थियो । तर, लगातार सांसद जित्दै आएका बस्नेतसँगै यो पटक अन्य नेताहरूले समेत उम्मेदवार बन्ने चाहना देखाएका छन् ।
प्रतिनिधि सभा समानुपातिकतर्फ गगन बहादुर खड्का (खसआर्य), ढकवीर राना (आदिवासी जनजाती), पार्वती विक (दलित महिला), धर्मशिला बस्नेत (खसआर्य महिला), शिव प्रसाद शर्मा (पिछडिएको क्षेत्र)को नाम सिफारिस गरिएको साविक माओवादी केन्द्र जाजरकोटका इन्चार्ज गणेश प्रसाद सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण