गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : तपाईंहरु झगडा गरेर कहिलेसम्म टिक्ने ?
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सुदन किरातीले गगन थापा र सुरेन्द्र पाण्डेलाई विद्रोह गर्न सुझाव दिए।
- उनले पुराना दलहरूले देशलाई फेरि अँध्यारोतर्फ धकेल्ने प्रयास गरिरहेको बताए, र नयाँ शक्तिहरूलाई सहकार्य गर्न आग्रह गरे।
- किरातीले नयाँ शक्तिहरू रवि लामिछाने, बालेन शाह, कुलमान घिसिङ र हर्क साम्पाङसँग मिलेर समृद्धिको एजेन्डामा काम गर्नुपर्ने बताए।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का सदस्य तथा पूर्वमन्त्री सुदन किरातीले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमाले नेता सुरेन्द्र पाण्डेलाई विद्रोह गर्न सुझाव दिएका छन् । पार्टीका मूल नेतृत्वहरूका कारण पार्टी र सबै नेताहरू आलोचित हुन मात्रै नभएर देश सङ्कटमा धकेलिएको भन्दै उनले विद्रोहका लागि सुझाव दिएका हुन् ।
शनिबार पार्टीको कोशी प्रदेश समितिको भेला तथा बैठकलाई सम्बोधन गर्दै किरातीले यस्तो बताएका हुन् । इटहरीको गंगा जमुना पार्टी प्यालेसमा आयोजित भेलालाई सम्बोधन गर्दै नेता किरातीले पुराना दलका पुरानै अनुहारले देश कब्जा गर्न फेरि गठबन्धनका लागि पहल गरिरहेका बेला त्यहाँका सचेत नेताहरूले विद्रोह गर्नुको विकल्प नरहेको बताए ।
किरातीले पुरानाहरू मिलेर फेरि देशलाई अँध्यारोतर्फ धकेल्ने कुचेष्टा गरिरहेको समेत सङ्केत गरेका छन् । उनले भने– ‘पुरानाहरू स्वार्थका लागि मिल्ने भनिरहेका छन्, यो अवस्थामा नयाँ शक्तिहरू आपसमा आरोप प्रत्यारोपमा नलागी सहकार्यको बाटोबाट अगाडी बढ्नुपर्ने आवश्यकता रहेको छ । रविजी, बालेनजी, कुलमानजी र हर्कजी लगायतका नयाँ शक्तिहरू देशलाई बेथितिबाट निकालेर समृद्धितर्फ अगाडी बढाउने एजेन्डामा हामी एक हुनपर्छ । आज जनताको भावना पनि त्यही छ । म पूर्व आएपछि हर्कजीका धेरै समर्थकहरूले विदेशबाट सम्पर्क गरिरहेका छन् । तपाँईहरु मिलिदिनुस् भन्ने उहाँहरूको भावनालाई नेतृत्वले कसरी लिइरहेका छौँ यो गम्भीर विषय हो ।’
फरक प्रसङ्गमा किरातीले आम जनताको भावनाअनुरूप नेतृत्वले काम गर्न नसक्दा यो सङ्कट आइपरेको बताएका छन् । यो सङ्कट मोचनका लागि सस्तो लोकप्रियतावादी राजनीतिले निकास नदिने समेत उनले बताए । आज पुराना र नयाँ सबै राजनीतिक दलहरू एजेन्डा विहीन बनेर मात्रै निर्वाचन देखी निर्वाचनको राजनीतिमा लागेको उनको आरोप थियो ।
आफुहरु यसबिचमा एकथान पार्टी मात्रै नभएर वर्तमान समाजको अन्तर्विरोध हल गर्न सक्ने वैकल्पिक शक्ति निर्माणमा अगाडी बढेको उनले बताए । प्रलोपाले आज ९९ सय जनाको प्रदेश कमिटी घोषणा गरेको छ, जसमा केन्द्रमा जस्तै अध्यक्ष परिषद् बनाएको छ । जसमा मदन भट्टराई, सम्झना राई (सन्ध्या) शम्भु चौधरी र नरेन्द्र बस्नेत रहेका छन् । त्यस्तै इन्चार्ज केदार गरागाँई र सह इन्चार्जमा लक्ष्मी न्यौपाने (सरु) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण