प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम
सारांश
- भोजपुरमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरिएको छ।
- यसपटक भोजपुरमा एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन्, जसमा केही नयाँ मतदाता थपिएका छन्।
- निर्वाचन कार्यालयका अनुसार षडानन्द नगरपालिकामा सबैभन्दा धेरै मतदाता रहेका छन् र निर्वाचनको तयारी भइरहेको छ।
भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदाताको अन्तिम नामावली सार्वजनिक भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यसपटक भोजपुरमा कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन्। अघिल्लो निर्वाचनको तुलनामा यस वर्ष मतदाताको सङ्ख्यामा केही वृद्धि भएको देखिएको छ।
अघिल्लो निर्वाचनमा जिल्लाभर एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा यसपटक दुई हजार तीन सय ८७ नयाँ मतदाता थपिएका हुन्। निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले दिएको जानकारी अनुसार कुल मतदातामध्ये पुरुषको सङ्ख्या ६५ हजार सात सय ८८ र महिलाको सङ्ख्या ५९ हजार नौ सय ७७ रहेको छ। त्यस्तै, एक जना अन्य मतदाता पनि सूचीकृत छन्।
भोजपुरका ९ वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै मतदाता षडानन्द नगरपालिकामा रहेका छन्। त्यहाँ २१ हजार आठ सय ९६ मतदाता छन् भने भोजपुर नगरपालिकामा २० हजार एक सय ८९ मतदाता कायम भएका छन्। अन्य गाउँपालिकाहरूमा अरुणमा १२ हजार छ सय ४३, आमचोकमा १२ हजार चार सय ४४, पौवादुङमामा १० हजार छ सय ६३, टेम्केमैयुङमा १३ हजार पाँच सय ५७, रामप्रसाद राईमा ११ हजार नौ सय, साल्पासिलिछोमा आठ हजार सात सय २४ र हतुवागढीमा १३ हजार सात सय ५० मतदाता रहेका छन्।
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्य सम्पन्न गरेसँगै जिल्ला निर्वाचन कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक अन्य तयारीलाई पनि तीव्रता दिएको छ। फागुनको निर्वाचनलाई लक्षित गरी मतदान केन्द्रको व्यवस्थापन र सुरक्षा रणनीतिका विषयमा पनि छलफल भइरहेको प्रमुख सुवेदीले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण