'हामी तीन भाइ' चैतमा प्रदर्शन हुने
सारांश
- मधुसूदन भट्टराई निर्देशित फिल्म 'हामी तीन भाइ' चैत १३ गते प्रदर्शनमा आउने भएको छ।
- सार्वजनिक पोस्टरमा विनोद न्यौपाने, फलित राई र कुशल विष्ट रोमान्टिक मुडमा देखिएका छन्।
- फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । मधुसूदन भट्टराई निर्देशित फिल्म 'हामी तीन भाइ' आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले बुधबार फिल्मको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति जानकारी दिएको हो ।
सार्वजनिक पोस्टरमा तीनजना कलाकार विनोद न्यौपाने, फलित राई र कुशल विष्टलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । तीनैजना एकअर्काबिच आकाशतर्फ हेरेर खुसी मुडमा देखिन्छन् । साथै छेवैमा एउटा भाले उडिरहेको देखिन्छ । पोस्टरबाट उनीहरू कुनै कुरा सफल हुँदाको क्षणमा खुसी देखिएका हुन कि भन्ने अनुमान लगाउन सकिन्छ ।
निर्देशक मधुसूदन भट्टराईकै कथा रहेको यस फिल्मको मुख्य भूमिकामा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल बिष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाँइ शुष्मा निरौला, यादव देवकोटा, अन्जु हमाल, तारा शर्मा, पवन के.सी, रमा बिष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्न बहादुर भण्डारी (भोले), गोविन्द प्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन छन् ।
प्रसिद्धि सिने आर्टस् प्रालीको व्यानरमा निर्माण भएको फिल्मको निर्माता त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माता विक्रम तामाङ रहेका छन् । सह–निर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भु कुमार केसी रहेका छन् ।
साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् भने छायांकन शिव ढकालको छ । फिल्मलाई सम्पादन बनिश शाहले गरेका छन् भने संगीत साप शक्ति, बाबुल गिरीले भरेका छन् । फिल्मलाई नेशनल सिने ग्रुप प्रालीले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण