काठमाडौँ महानगरका ७ जना इन्स्पेक्टर डीएसपीमा बढुवा
बिहीबार, १७ पुस २०८२, १७ : ०१
सारांश
- काठमाडौं महानगरपालिकामा ७ जना नगर प्रहरी निरीक्षकलाई डिएसपीमा बढुवा गरिएको छ।
- प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईको उपस्थितिमा दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो।
- कार्यपालिका बैठकले डीएसपी पदमा वरिष्ठ नगर प्रहरी निरीक्षकलाई बढुवा गर्न निर्देशन दिएको थियो।
काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गत रहेका ७ जना नगर प्रहरी निरीक्षक नगर प्रहरी नायव उपरीक्षकमा बढुवा भएका छन् । आज प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईको उपस्थितिमा नगर प्रहरी बलका प्रमुख राजु पाण्डेले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
११ पुसमा बसेको ४५ औँ कार्यपालिका बैठकले बलमा रिक्त सात डीएसपी पदमा वरिष्ठतम् नगर प्रहरी निरीक्षकलाई बढुवा गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको थियो ।
को को भए डिएसपी ?
प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पुस १४ गते बढुवा गर्ने निर्णय गरेका थिए । त्यस अनुसार वरिष्ठ नगर प्रहरी निरीक्षकहरू लीलाराज गाछा, ध्रुवकुमार भुजेल, किशोरकुमार भट्टराई, प्रकाश पण्डित, चन्दन श्रेष्ठ, राजेन्द्र देवकोटा र एलिजा नेपाल डीएसपीमा बढुवा भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण